फुटनोट
c अहिले इस्राएल भनिने देशमा नाहमानीडस सन् १२६७ मा आइपुगे। तिनले आफ्नो जीवनका अन्तिम घडीहरूमा थुप्रै काम फत्ते गरे। तिनले यरूशलेममा यहूदीहरूको उपस्थितिलाई देखाउने अध्ययन केन्द्र पुनर्स्थापित गरे। तिनले बाइबलका प्रथम पाँच पुस्तकहरू अर्थात् तोरहबारे टिप्पणी लेखोट पूरा गरे अनि आक्राको उत्तरी समुद्रतटीय शहरका यहूदीहरूको आध्यात्मिक प्रमुख भए। त्यसै ठाउँमा सन् १२७० मा तिनको मृत्यु भयो।