फुटनोट
a “प्रेम धीरजी र दयालु हुन्छ” भन्ने पावलको कथनबारे टिप्पणी गर्दै बाइबलविद् गोर्डन डि. फिई यस्तो लेख्छन्: “पावलको शिक्षाअनुसार [धीरज र दयाले] मानिसजातिप्रति ईश्वरीय दृष्टिकोणको दुई पक्षलाई बुझाउँछ। (सि एफ. रोमी २:४) एकतिर, विद्रोही मानिसजातिमाथि रिस नपोखाउनुभएर उहाँले आफ्नो मायालु सहनशीलता प्रदर्शन गर्नुभयो भने अर्कोतर्फ, उहाँले देखाउनुभएको अनगिन्ती कृपामा उहाँको दया झल्किन्छ। यसप्रकार, प्रेमबारे पावलले गरेको वर्णन परमेश्वरको उक्त दोहोरो वर्णनबाट सुरु हुन्छ। परमेश्वरले ख्रीष्टमार्फत ईश्वरीय न्यायदण्डका योग्य मानिसहरूसामु आफूलाई धीरजी र दयालु प्रमाणित गर्नुभएको छ।”