फुटनोट
b बेग्लाबेग्लै धारणाहरू भए तापनि कसै-कसैले डागनको मन्दिर, एलको मन्दिर हुनुपर्छ भनेका छन्। जेरूशलेम स्कूल अफ बाइबल स्टडीजका एक शास्त्रविद् र प्राध्यापक, रोलाँ डे भोले डागन अर्थात् न्यायकर्ता १६:२३ र १ शमूएल ५:१-५ को दागोन नै एलको सही नाउँ हो भनेका छन्। इन्साइक्लोपीडिया अफ रिलिजन-ले टिप्पणी गरेअनुसार सम्भवतः “कुनै-कुनै अर्थमा डागनलाई [एलसित] चिनाइएको वा सम्बन्धित बनाइएको थियो।” रास शाम्रा पदमा, बाललाई डागनको छोरा भनिएको छ तर यहाँ “छोरा” शब्दको अर्थ पक्का छैन।