फुटनोट
a सन् १९१७ अक्टोबर महिनामा बोल्सेभिक क्रान्ति सुरु हुनुभन्दा अघि रूसीहरू पुरानो शैलीको जुलियन क्यालेन्डर प्रयोग गर्थे तर अधिकांश देशहरूले भने ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्न थालिसकेका थिए। सन् १९१७ मा जुलियन क्यालेन्डर ग्रेगोरियन क्यालेन्डरभन्दा १३ दिनले फरक थियो। बोल्सेभिक क्रान्तिपछि सोभियतहरूले पनि संसारका अरू देशहरूले जस्तै ग्रेगोरियन क्यालेन्डर नै प्रयोग गर्न थाले। तर अर्थोडक्स चर्चले भने जुलियन क्यालेन्डरलाई “परम्परादेखि चलिआएको” क्यालेन्डर भन्दै त्यस क्यालेन्डरमा उल्लिखित चाड-पर्वहरू मनाउन त्यही जुलियन क्यालेन्डर नै चलाइरह्यो। रूसीहरू जनवरी ७ तारिख क्रिसमस मनाउँछन् भनेको त तपाईंले सुन्नुभएकै होला। तर नझुक्किनुहोस् है! किनभने ग्रेगोरियन क्यालेन्डरको जनवरी ७ भनेको जुलियन क्यालेन्डरमा डिसेम्बर २५ हो। त्यसकारण, थुप्रै रूसीहरूले यस प्रकार क्रिसमस र नयाँ वर्ष मनाउने गर्छन्: डिसेम्बर २५ तारिख पश्चिमी शैलीको क्रिसमस; जनवरी १ तारिख गैर-धार्मिक नयाँ वर्ष; जनवरी ७ तारिख अर्थोडक्स क्रिसमस; जनवरी १४ तारिख पुरानो शैलीको नयाँ वर्ष।