फुटनोट
b केही बाइबलले “उपस्थिति” शब्दको गलत अनुवाद गरेर ख्रीष्टको उपस्थितिबारे फैलाएको गलत धारणालाई येशूको यो भनाइले स्पष्ट पार्छ। कुनै बाइबलमा “उपस्थिति” शब्दलाई “आउनु” “आगमन” “फिर्ती” भनेर अनुवाद गरिएको छ, जसले क्षणभर चल्ने घटनालाई बुझाउँछ। तर याद गर्नुहोस्, येशूले आफ्नो उपस्थितिलाई नूहको जलप्रलय अर्थात् घटनासित तुलना नगरेर ‘नूहको दिनसित’ अर्थात् निर्णायक समयावधिसित तुलना गर्नुभयो। ख्रीष्टको उपस्थिति चलिरहेको बेलामा पनि नूहको समयावधिमा जस्तै मानिसहरू आ-आफ्नै दिनचर्यामा व्यस्त हुने थिए र तिनीहरूले चेतावनीको कुनै वास्ता गर्ने थिएनन्।