फुटनोट
c येशूको सेवकाईको विवरणमा यूसुफबारे उल्लेख नगरिनु उल्लेखनीय छ। किनभने उहाँको परिवारका बाँकी सदस्य आमा र भाइबहिनीबारे चाहिं उल्लेख गरिएको छ। उदाहरणको लागि, कानाको विवाह भोजमा मरियमले सक्रिय भएर भाग लिएको र केही कामकुरोमा अघि समेत सरेको पाउँछौं तर यूसुफबारे भने केही छनक पाइँदैन। (यूहन्ना २:१-११) अर्को घटनामा हामी ख्रीष्टको गृहनगरका मानिसहरूले येशूलाई “मरियमको छोरो” भनेको पाउँछौं, यूसुफको होइन।—मर्कूस ६:३.