फुटनोट
g अन्तको दिनबारे भविष्यवाणी गर्दा येशूले यसो भन्नुभएको थियो: “राष्ट्रहरूलाई दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरूशलेमलाई [जसले परमेश्वरको शासनको प्रतिनिधित्व गर्थ्यो] कुल्चीमिल्ची गर्नेछन्।” (लूका २१:२४) यस पदबाट हामी परमेश्वरको शासन रोकिने समय येशूको समयमा पनि चलिरहेको थियो र त्यो समय अन्तको दिन सुरु भएपछि मात्र सिद्धिने थियो भनी बुझ्न सक्छौं।