फुटनोट
a मस्तिष्क पक्षाघात भन्नाले मस्तिष्कमा भएको त्यस्तो क्षति हो जसले चलहल गर्ने क्षमतालाई असर गर्दछ। यसले गर्दा मस्तिष्क पक्षाघात भएको व्यक्तिलाई छारे रोग लाग्न सक्छ अनि खान र बोल्न समस्या हुन सक्छ। मस्तिष्क पक्षाघातको विभिन्न प्रकारमध्ये सबैभन्दा गम्भीर चाहिं स्पास्टिक क्वाड्रिप्लेगी हो। यसले गर्दा चारवटै हातखुट्टाको मांसपेशी कडा अनि गर्दनको मांसपेशी चाहिं लुलो हुन सक्छ।