फुटनोट
a प्रसव-उदासीनता (पोस्टपार्टम डिप्रेसन) अर्थात् सुत्केरी अवस्थामा हुने उदासीनता भएका केही आमाहरूलाई आफ्नो बच्चालाई माया-ममता देखाउन गाह्रो हुन सक्छ। तर यसको लागि तिनीहरूले आफैलाई दोष दिनु हुँदैन। अमेरिकाको राष्ट्रिय मानसिक स्वास्थ्य संस्थाका अनुसार प्रसव-उदासीनता “शारीरिक र भावनात्मक कारणहरू मिलेर हुन सक्छ . . . तर आमाले केही गरेकीले वा नगरेकीले हुने त होइन।” यसबारे थप जानकारी पाउन सेप्टेम्बर ८, २००२ को ब्यूँझनुहोस्!-मा प्रकाशित “मैले प्रसव-उदासीनताको सामना गरेँ” शीर्षकको लेख हेर्नुहोस्।