फुटनोट
a येसु पृथ्वीमा हुनुहुँदा यहोवा तीन पटक स्वर्गबाट बोल्नुभयो। एक पटकचाहिँ यहोवाले ख्रिष्टका चेलाहरूलाई उनको कुरा सुन्न आग्रह गर्नुभयो। आज यहोवा आफ्नो लिखित वचनमार्फत हामीसित कुरा गर्नुहुन्छ, जसमा येसुको शिक्षा पनि समावेश छ। साथै यहोवा आफ्नो सङ्गठनमार्फत पनि हामीसित कुरा गर्नुहुन्छ। यहोवा र येसुको कुरा सुन्यौँ भने हामीलाई कस्तो लाभ हुन्छ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।