फुटनोट
a हामीले यहोवाको सेवा गरेको जति नै लामो समय भए तापनि हामी ख्रिष्टियनको रूपमा अझ परिपक्व हुन र उन्नति गर्दै जान चाहन्छौँ। प्रेषित पावलले सङ्गी विश्वासीहरूलाई कहिल्यै हरेस नखान प्रोत्साहन दिए। तिनले फिलिप्पीहरूलाई लेखेको पत्रले जीवनको दौडमा हार नमानी अघि बढिरहन हामीलाई उत्प्रेरित गर्छ। यस लेखमा हामी पावलले बताएका कुराहरू कसरी लागू गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।