फुटनोट
a परिवारलाई सुखी बनाउन प्रत्येक सदस्यले आफ्नो भूमिका थाह पाउनुपर्छ र एकअर्कालाई मदत गर्नुपर्छ। बुबाले मायालु तरिकामा नेतृत्व लिन्छन्, आमाले तिनलाई साथ दिन्छिन् र छोराछोरीहरू तिनीहरूप्रति आज्ञाकारी हुन्छन्। यहोवाको परिवार पनि त्यस्तै छ। परमेश्वरले हाम्रो लागि एउटा उद्देश्य राख्नुभएको छ। यदि हामी त्यस उद्देश्यअनुसार चल्यौँ भने हामी सधैँभरि उहाँको परिवारको सदस्य हुन सक्छौँ।