फुटनोट
a लाल समुद्रमा यहोवाले चमत्कार गर्नुभएको देखेका इस्राएलीहरूमध्ये धेरैजसो प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्। (गन्ती १४:२२, २३) यहोवाले नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छन्, तिनीहरू निर्जनभूमिमै मर्नेछन् भन्नुभएको थियो। (गन्ती १४:२९) तर यहोसु र कालेब अनि २० वर्षभन्दा मुनिका र लेवी कुलका धेरै जना यर्दनपारि प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे।—व्यव. १:२४-४०.