फुटनोट
b ख्रिष्टियन बाइबल लेखकहरूले “पुरानो नियम”-बाट उद्धरण गरेका ठाउँहरूमा परमेश्वरको नाम प्रयोग गरेको जस्तो देखिन्छ। दी एङ्कर बाइबल डिक्सनरी-मा यस्तो लेखिएको छ: “नयाँ नियमका किताबहरू लेखिँदा जहाँ-जहाँ पुरानो नियमबाट उद्धरण गरियो, ती भागहरूमध्ये केही ठाउँमा वा सबै ठाउँमा टेट्राग्रामटन अर्थात् परमेश्वरको नाम याहवे थियो भनेर केही प्रमाणहरूले देखाउँछ।” (खण्ड ६, पृष्ठ ३९२) थप जानकारीको लागि नयाँ संसार अनुवाद बाइबलको “ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम” अतिरिक्त लेख क५ हेर्नुहोस्।