प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
अक्टोबर १३-१९
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | सेप्टेम्बर

अक्टोबर १३-१९

उपदेशक ७-८

गीत ३९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “शोक परेको घरमा जानु बेस हो”

(१० मि.)

शोकमा परेकाहरूलाई सान्त्वना दिन समय निकाल्नुहोस्‌ (उप ७:२; w२२.०१ पृ. १६ अनु. ९)

मृत्यु भएका प्रियजनको असल गुणहरूबारे कुरा गरेर शोकमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌ (उप ७:१; w१९.०६ पृ. २३ अनु. १५)

शोकमा परेकाहरूसितै प्रार्थना गर्नुहोस्‌ (w१७.०७ पृ. १६ अनु. १६)

एक दम्पती श्रीमती बितेको एक भाइलाई भेट्‌दै छ। तिनीहरू एकसाथ बिताएका रमाइला पलहरूको फोटोहरू हेर्दै छन्‌।

नबिर्सनुहोस्‌: प्रियजनको मृत्यु भएको केही समयपछिसम्म पनि शोकमा परेकाहरूलाई हाम्रो साथ चाहिन्छ।—w१७.०७ पृ. १६ अनु. १७-१९.

२. बहुमूल्य रत्न

(१० मि.)

  • उप ७:२०-२२—हाम्रो चित्त दुखाएको व्यक्‍तिसित समस्याबारे कुरा गर्ने कि नगर्ने भनेर निर्णय गर्न यी पदहरूले हामीलाई कसरी मदत गर्छ? (w२३.०३ पृ. ३० अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) उप ८:१-१३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्‍तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌ र फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ २ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। हाम्रो वेबसाइटबाट कुनै कुरा देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख ५०—विषय: यहोवाका साक्षीहरूको अन्त्येष्टिमा के गरिन्छ? (th बुँदा १७)

ख्रिष्टियन जीवन

गीत १५१

८. फेरि जीवित हुने आशामाथिको विश्‍वासलाई बलियो बनाउनुहोस्‌

(१५ मि.) छलफल।

“बलियो विश्‍वास देखाएका स्त्रीहरूको अनुकरण गर्नुहोस्‌!​—मार्था” भिडियोको एक दृश्‍य। मार्था र मरियम फेरि जीवित भएका लाजरसलाई खुसी भई स्वागत गर्दै छन्‌।

यहोवाले मरेकाहरूलाई फेरि जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ। यो उहाँले हामीलाई दिनुभएको एउटा बहुमूल्य उपहार हो। यसबाट यहोवा कत्ति शक्‍तिशाली, बुद्धिमान्‌ अनि कृपालु हुनुहुन्छ भनेर सिक्न सक्छौँ। अझ विशेषगरि उहाँ हामी प्रत्येकलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर पनि देख्न सक्छौँ।—युह ३:१६.

फेरि जीवित हुने आशामा बलियो विश्‍वास राख्छौँ भने हामी आफ्ना समस्याहरूमा घोरिनेछैनौँ बरु भविष्यको आशामा ध्यान केन्द्रित गर्न सक्नेछौँ। (२को ४:१६-१८) खेदोको सामना गर्नुपर्दा, बिरामी हुँदा वा प्रियजनको मृत्यु हुँदा भविष्यको आशाले हामीलाई मनोशान्ति र सान्त्वना दिन्छ। (१थि ४:१३) फेरि जीवित हुने आशामा विश्‍वास गर्दैनौँ भने हामीले साँचो आनन्द पाउन सक्दैनौँ। (१को १५:१९) यस सुन्दर आशामाथिको आफ्नो विश्‍वास बलियो बनाउने लक्ष्य राख्नुभए कसो होला?

युहन्‍ना ११:२१-२४ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • मार्थाले फेरि जीवित हुने आशामाथिको आफ्नो विश्‍वास बलियो भएको कुरा कसरी देखाइन्‌?

  • आफूले देखाएको विश्‍वासको कारण तिनले कस्तो इनाम पाइन्‌?—युह ११:३८-४४

बलियो विश्‍वास देखाएका स्त्रीहरूको अनुकरण गर्नुहोस्‌!​—मार्था भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • तपाईँलाई फेरि जीवित हुने आशा किन मन पर्छ?

  • फेरि जीवित हुने आशामाथिको विश्‍वास बलियो बनाइराख्न तपाईँ के गर्न सक्नुहुन्छ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ २६-२७

समापन टिप्पणी (३ मि.) | गीत १२४ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | अगस्त

अध्ययन लेख ३२: अक्टोबर १३-१९, २०२५

२ यहोवा हामीलाई सहनशील हुन कसरी मदत गर्नुहुन्छ?

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने