प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ५३ पृ. १३०-पृ. १३१ अनु. ७
  • बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • चाहिएकै असाधारण शासक
    सबैभन्दा महान्‌ पुरुष
  • रूचाइएको एक जना अलौकिक शासक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशू हामीलाई बचाउन सक्नुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु पानीमाथि हिँड्‌नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ५३ पृ. १३०-पृ. १३१ अनु. ७
पानीमा हिँड्‌दै गरेको पत्रुस डुब्न थाल्छन्‌; येसु आफ्नो हात पसार्नुहुन्छ र तिनलाई समाउनुहुन्छ

अध्याय ५३

बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक

मत्ति १४:२२-३६ मर्कुस ६:४५-५६ युहन्‍ना ६:१४-२५

  • मानिसहरू येसुलाई राजा बनाउन चाहन्छन्‌

  • येसु पानीमा हिँड्‌नुहुन्छ र बतासलाई शान्त पार्नुहुन्छ

चमत्कारपूर्ण तरिकामा हजारौँ मानिसलाई खुवाउन सक्ने येसुको क्षमता देखेर मानिसहरू एकदमै प्रभावित हुन्छन्‌। “संसारमा आउने भनिएका भविष्यवक्‍ता” अर्थात्‌ मसीह उहाँ नै हुनुहुन्छ अनि उहाँ एक जना असल शासक हुनुहुनेछ भनेर मानिसहरू भन्‍न थाल्छन्‌। (युहन्‍ना ६:१४; व्यवस्था १८:१८) त्यसैले मानिसहरू उहाँलाई जबरजस्ती समातेर राजा बनाउने योजना गर्छन्‌।

तर येसु मानिसहरूको योजना थाह पाउनुहुन्छ। त्यसैले उहाँ भीडलाई बिदा गर्नुहुन्छ र चेलाहरूलाई चाहिँ डुङ्‌गा चढेर जान भन्‍नुहुन्छ। तर कुन बाटो भएर कहाँ जाने? तिनीहरू बेथसेदा हुँदै कफर्नहुम जानुपर्नेछ। येसुचाहिँ त्यस रात प्रार्थना गर्न एक्लै डाँडातिर उक्लनुहुन्छ।

बिहान हुनुअघि चन्द्रमाको उज्यालोमा येसुले टाढैबाट चेलाहरूको डुङ्‌गा देख्नुहुन्छ। बेस्सरी बतास चलिरहेकोले समुद्रमा छाल उठिरहेको छ र प्रेषितहरूलाई ‘विपरीत दिशाबाट चलिरहेको बतासले गर्दा डुङ्‌गा खियाउन गाह्रो भइरहेको’ छ। (मर्कुस ६:४८) येसु डाँडाबाट तल ओर्लनुहुन्छ र समुद्रमाथि हिँड्‌दै चेलाहरू भएतिर जानुहुन्छ। यतिबेलासम्म तिनीहरू ‘डुङ्‌गा खियाएर लगभग पाँच-छ किलोमिटर पर पुगिसकेका’ छन्‌। (युहन्‍ना ६:१९) चेलाहरू येसुलाई समुद्रमा हिँडिरहनुभएको देख्छन्‌ अनि डराउँदै यसो भनेर कराउँछन्‌: “लौ! हामी यो के देख्दै छौँ?”—मर्कुस ६:४९.

येसु सान्त्वना दिँदै यसो भन्‍नुहुन्छ: “साहस गर, मै हुँ, नडराओ।” तर पत्रुस यसो भन्छन्‌: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्‌।” येसु यसो भन्‍नुहुन्छ: “हुन्छ, आऊ!” त्यसपछि पत्रुस डुङ्‌गाबाट ओर्लेर पानीमाथि हिँड्‌न थाल्छन्‌। तर तिनको ध्यान आँधीतर्फ जाँदा तिनी डराउँछन्‌ र डुब्न थाल्छन्‌। तिनी यसो भन्दै कराउँछन्‌: “प्रभु, मलाई बचाउनुहोस्‌!” अनि येसुले आफ्नो हात पसारेर तिनलाई समाउनुहुन्छ र यसो भन्‍नुहुन्छ: “ए विश्‍वास कमजोर भएको मानिस, तिमीले किन शङ्‌का गऱ्‍यौ?”—मत्ति १४:२७-३१.

पत्रुस र येसु डुङ्‌गामा चढ्‌नुहुन्छ र आँधी थामिन्छ। यो देखेर चेलाहरू छक्क पर्छन्‌। तर तिनीहरू छक्क पर्नुपर्छ र? तिनीहरूले केही घण्टाअघि मात्र येसुले गर्नुभएको ‘रोटीको चमत्कारबाट पाठ सिकेको’ भए उहाँ पानीमा हिँड्‌नुभएको र बतासलाई शान्त पार्नुभएको देखेर तिनीहरू छक्क पर्नु नपर्ने हो। अहिले तिनीहरू येसुलाई दण्डवत्‌ गर्दै यसो भन्छन्‌: “तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।”—मर्कुस ६:५२; मत्ति १४:३३.

चाँडै उहाँहरू कफर्नहुमको दक्षिणतिर सुन्दर र उर्वर भूमि गनेसरेतमा आइपुग्नुहुन्छ। डुङ्‌गा बाँधिसकेपछि उहाँहरू समुद्र किनारामा आउनुहुन्छ। मानिसहरूले येसुलाई चिन्छन्‌ र त्यस इलाकाको चारैतिरबाट मानिसहरूले उहाँकहाँ बिरामीहरूलाई ल्याउँछन्‌। उहाँको लुगाको किनारा मात्रै छुँदा पनि ती बिरामीहरू निको हुन्छन्‌।

यसैबीच, येसुले चमत्कारपूर्ण तरिकामा हजारौँलाई खुवाउनुभएको देखेको भीडले उहाँ गइसक्नुभएको कुरा थाह पाउँछ। त्यसैले टाइबेरियसबाट डुङ्‌गाहरू आएपछि तिनीहरू येसुलाई भेट्टाउन ती डुङ्‌गाहरूमा चढेर कफर्नहुमतिर लाग्छन्‌। उहाँलाई भेट्टाएपछि तिनीहरू उहाँलाई सोध्छन्‌: “रब्बी, तपाईँ यहाँ कहिले आउनुभयो?” (युहन्‍ना ६:२५) तर येसु तिनीहरूलाई हप्काउनुहुन्छ। यसको कारण हामी थाह पाउनेछौँ।

  • येसुले हजारौँलाई खुवाउनुभएपछि मानिसहरू उहाँलाई के गर्न चाहन्छन्‌?

  • येसु पानीमा हिँड्‌नुभएको र उहाँले बतासलाई शान्त पार्नुभएको देखेर चेलाहरू किन छक्क पर्नु नपर्ने हो?

  • येसु कफर्नहुमको समुद्री किनारामा पुगेपछि के हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने