प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ४४ पृ. ११२-पृ. ११३ अनु. ९
  • येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एउटा डरलाग्दो आँधीलाई शान्त पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • येशू हामीलाई बचाउन सक्नुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु पानीमाथि हिँड्‌नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • गालीलको समुद्रमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ४४ पृ. ११२-पृ. ११३ अनु. ९
येसु गालिल समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ

अध्याय ४४

येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ

मत्ति ८:१८, २३-२७ मर्कुस ४:३५-४१ लुका ८:२२-२५

  • येसु गालिल समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ

दिनभर व्यस्त भएकोले येसु थकित हुनुभएको छ। साँझ परेपछि उहाँ चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “आओ, हामी पारिपट्टि जाऔँ।” येसु कफर्नहुमको पारिपट्टि जाने कुरा गर्दै हुनुहुन्छ।—मर्कुस ४:३५.

गालिल समुद्रको पूर्वी किनारामा गेरासिनीहरूको इलाका छ। यस इलाकालाई डेकापोलिस पनि भनिन्छ। डेकापोलिसका सहरहरू ग्रीक संस्कृतिका केन्द्र हुन्‌ तर त्यहाँ थुप्रै यहुदीहरू पनि बसोबास गर्छन्‌।

येसु कफर्नहुम छोडेर जानुभएको कुरा मानिसहरूले थाह पाइहाल्छन्‌। त्यहाँबाट अरू डुङ्‌गाहरू पनि पारि जान थाल्छन्‌। (मर्कुस ४:३६) वास्तवमा समुद्रको पारिपट्टि पुग्न धेरै समय लाग्दैन। किनकि गालिल समुद्र एउटा विशाल ताल हो र यो २१ किलोमिटर लामो छ अनि यसको चौडाइ बढीमा १२ किलोमिटर छ। तर यो ताल गहिरो छ।

हुनत येसु त्रुटिरहित हुनुहुन्छ। तैपनि दिनभरिको सेवापछि उहाँ थकित भएको हुनुपर्छ। त्यसैले चेलाहरूले डुङ्‌गा खियाउन थालेपछि येसु डुङ्‌गाको पछिल्तिर जानुहुन्छ अनि सिरानी हालेर निदाउनुहुन्छ।

येसुका केही प्रेषितहरू डुङ्‌गा खियाउन सिपालु भए तापनि यो यात्रा सजिलो भने पक्कै हुनेछैन। गालिल समुद्रको वरपर पहाडहरू छन्‌ अनि यस समुद्रको सतहमा अक्सर तातो हावा बहन्छ। कहिलेकाहीँ पहाडहरूबाट चिसो हावा समुद्रतिर जोडले बहन्छ अनि पानीको सतहमा बहिरहेको तातो हावासित ठोकिन्छ। यसले गर्दा समुद्रमा अचानक डरलाग्दो आँधी चल्छ। अहिले यहाँ त्यस्तै हुन्छ। समुद्रमा छाल उर्लन थाल्छ र डुङ्‌गालाई हिर्काउँछ। त्यसपछि ‘डुङ्‌गा पानीले भरिन थाल्छ। यसले गर्दा तिनीहरूको ज्यान खतरामा पर्छ।’ (लुका ८:२३) तर येसु भने निदाइरहनुभएको छ!

ती अनुभवी नाविकहरू डुङ्‌गालाई नियन्त्रण गर्न जोडतोडले लाग्छन्‌। पहिले पनि तिनीहरूले डुङ्‌गालाई आँधीबाट बचाएका छन्‌। तर यसपटक भने केही सीप लाग्दैन। आफ्नो ज्यान जाने डरले गर्दा तिनीहरू येसुलाई यसो भन्दै ब्युँझाउँछन्‌: “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै आँट्यौँ!” (मत्ति ८:२५) समुद्रमा डुबिएला भनेर चेलाहरू अत्यन्तै डराउँछन्‌!

निद्राबाट ब्युँझनुभएपछि येसु प्रेषितहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!” (मत्ति ८:२६) त्यसपछि येसु आँधी र समुद्रलाई यस्तो आज्ञा दिनुहुन्छ: “चुप लाग्‌! शान्त भइजा!” (मर्कुस ४:३९) यत्तिकैमा आँधी रोकिन्छ र समुद्र शान्त हुन्छ। (मर्कुस र लुकाले यो रोचक घटनाबारे बताउँदा सबैभन्दा पहिला येसुले चमत्कारपूर्ण तरिकामा आँधीलाई शान्त पार्नुभएको अनि त्यसपछि उहाँले चेलाहरूको विश्‍वास कमजोर छ भनी बताउनुभएको कुरा लेखेका छन्‌।)

यस घटनाले चेलाहरूमा पारेको प्रभावबारे सोच्नुहोस्‌ त! भर्खरै तिनीहरूले जोडले चलिरहेको आँधी अचानक शान्त भएको आफ्नै आँखाले देखेका छन्‌। त्यसैले तिनीहरू असाध्यै डराउँछन्‌ र आपसमा यसो भन्‍न थाल्छन्‌: “यिनी साँच्चै को हुन्‌? आँधी र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌।” त्यसपछि उहाँहरू सुरक्षितसाथ समुद्रको पारिपट्टि पुग्नुहुन्छ। (मर्कुस ४:४१–५:१) अरू डुङ्‌गाहरू पनि सुरक्षितसाथ पश्‍चिमी किनारामा फर्कन सफल भएको हुनुपर्छ।

परमेश्‍वरका छोरासित आँधी र समुद्रलाई समेत शान्त पार्न सक्ने शक्‍ति छ भन्‍ने कुरा थाह पाउनु कत्ति आश्‍वासनदायी! येसुले आफ्नो राज्यमा आफ्नो पूरै ध्यान यस पृथ्वीमा लगाउनुहुँदा सबै मानिस सुरक्षितसाथ बस्न पाउनेछन्‌ किनकि त्यतिबेला कुनै पनि प्राकृतिक विपत्ति हुनेछैन!

  • गालिल समुद्रमा कहिलेकाहीँ डरलाग्दो आँधी चल्नुको कारण के हुन सक्छ?

  • डरले गर्दा चेलाहरू के गर्छन्‌?

  • यस घटनाबाट हामी कस्तो आश्‍वासन पाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने