प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
    प्रहरीधरहरा—२०१४ | सेप्टेम्बर १५
    • ३, ४. (क) यहोवाले आदम र हव्वालाई कस्तो आज्ञा दिनुभयो? (ख) आदम र हव्वाले त्यो आज्ञा पालन गर्नु कत्तिको महत्त्वपूर्ण थियो?

      ३ आदम र हव्वासित सधैंभरि बाँच्न सक्थे। तर त्यसको लागि तिनीहरूले सास फेर्नुपर्थ्यो, खानुपर्थ्यो, पिउनुपर्थ्यो र सुत्नुपर्थ्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू जीवन दिनुहुने परमेश्‍वरसित नजिक हुनुपर्थ्यो। (व्यव. ८:३) यहोवाको डोऱ्‍याइअनुसार चलेमा मात्र तिनीहरू आनन्दित भई सधैंभरि बाँच्न सक्थे। हव्वालाई बनाउनुभन्दा अघि नै यहोवाले आदमलाई यस्तो आज्ञा दिनुभएको थियो, “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।”—उत्प. २:१६, १७.

      ४ “असल र खराबको ज्ञान दिने रूख”- ले सही र गलतको स्तर तोक्ने अधिकार यहोवासित मात्र छ भनेर बुझाउँथ्यो। आदम यहोवाकै स्वरूपमा सृष्टि गरिएका थिए अनि तिनीसित अन्तस्करण थियो। त्यसकारण सही र गलत छुट्‌याउन सक्थे। बगैंचाको बीचमा भएको रूखले आदम र हव्वालाई कुन कुराको सम्झना गराउँथ्यो? तिनीहरूलाई सधैं यहोवाको डोऱ्‍याइ चाहिन्छ भनेर सम्झना गराउँथ्यो। त्यो रूखको फल खाएमा तिनीहरूले “हामीलाई यहोवाको डोऱ्‍याइ चाहिंदैन” भनिरहेका हुन्थे। यसको नतिजा धेरै नराम्रो हुने थियो; तिनीहरू अनि तिनीहरूका सन्तान मर्ने थिए।

  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
    प्रहरीधरहरा—२०१४ | सेप्टेम्बर १५
    • ७ यहोवाले आदमलाई “जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌” भन्‍नुभएको थियो। आदमले आफू घाम डुब्नुअघि नै मर्छु भनेर सोचेको हुन सक्छ। तर बेलुकीपख यहोवाले आदम र हव्वासित कुरा गर्नुभयो। (उत्प. ३:८) असल न्यायाधीश हुनुभएकोले उहाँले पहिले तिनीहरूलाई बोल्ने मौका दिनुभयो। (उत्प. ३:९-१३) त्यसपछि ती दुई अपराधीलाई मृत्युको सजाय सुनाउनुभयो। (उत्प. ३:१४-१९) यहोवाले तिनीहरूलाई तुरुन्तै मार्नु भएको भए मानिसजातिको लागि उहाँले राख्नुभएको उद्देश्‍य पूरा हुने थिएन। (यशै. ५५:११) हुन त पाप गर्नासाथै आदम र हव्वाले त्यसको नतिजा भोग्नुपऱ्‍यो, तर यहोवाले तिनीहरूलाई केही समय बाँच्ने र सन्तान जन्माउने मौका दिनुभयो। ती सन्तानहरूलाई यहोवाले असल कुराहरू दिनुहुने थियो। आदम र हव्वाले पाप गरेको दिनदेखि नै तिनीहरू यहोवाको लागि मरेसरह भए। हाम्रो हजार वर्ष यहोवाको लागि एक दिन भएकोले तिनीहरू त्यही “दिन” मरे।—२ पत्रु. ३:८.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने