-
दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वनाप्रहरीधरहरा—२००३ | जनवरी १
-
-
परमेश्वरले मानिसजाति दुःखकष्टको चपेटामा बाँचोस् भन्ने उद्देश्य राखेर सृष्टि गर्नुभएको थिएन। त्यसको विपरीत, उहाँले प्रथम मानव दम्पती आदम र हव्वालाई सिद्ध मन अनि शरीर दिनुभएको थियो। तिनीहरूलाई अत्यन्तै सुन्दर बगैंचारूपी घर र अर्थपूर्ण तथा सन्तोषदायी काम पनि दिनुभएको थियो। (उत्पत्ति १:२७, २८, ३१; २:८) तथापि, आनन्दित रहिरहन तिनीहरूले परमेश्वरको शासन तथा असल र खराब छनौट गर्ने उहाँको अधिकारलाई स्वीकार्नुपर्थ्यो। यस ईश्वरीय आज्ञालाई “असल र खराबको ज्ञान दिने रूख[ले]” प्रतिनिधित्व गर्थ्यो। (उत्पत्ति २:१७) त्यस रूखबाट नखानू भनेर दिइएको आज्ञा पालन गरेको खण्डमा आदम र हव्वाले परमेश्वरको अधीनमा बसेको प्रमाण दिनेथिए।a
-
-
दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वनाप्रहरीधरहरा—२००३ | जनवरी १
-
-
a द न्यु जेरुशलेम बाइबल-मा उत्पत्ति २:१७ को पादटिप्पणीमा यसो भनिएको छ: “असल र खराबको ज्ञानलाई” “निर्णय गर्ने शक्ति ठानेर . . . सही र गलत निर्धारण गर्न आफू स्वतन्त्र छु भन्ने दाबी गर्छ अनि आफू कसैद्वारा सृष्टि गरिएको हो भन्ने कुरालाई इन्कार गर्छ।” त्यहाँ थप यसो भनिएको छ: “त्यो प्रथम पाप परमेश्वरको सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण थियो।”
-