प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    प्रहरीधरहरा—२०१४ | जनवरी १
    • सोफिया: हुन्छ। “परमप्रभु परमेश्‍वरले बनाउनुभएका वनपशुहरूमध्ये साँप धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, ‘के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?’ स्त्रीले साँपलाई भनिन्‌, ‘बगैंचाका रूखहरूका फल हामी खानसक्छौं, तर बगैंचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, “त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।”’ साँपले स्त्रीलाई भन्यो, ‘तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।’”

  • भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    प्रहरीधरहरा—२०१४ | जनवरी १
    • बन्दना: हो, ठीक भन्‍नुभयो। सैतानले त्यसपछि भनेको कुरालाई विचार गर्ने हो भने त्यसले परमेश्‍वरलाई ठूलो आरोप लगायो। त्यसले के भन्यो याद गर्नुहोस्‌, “तिमीहरू कदापि मर्दैनौ।” सैतानले परमेश्‍वर फटाहा हुनुहुन्छ भन्दै थियो।

      सोफिया: कथामा यस्तो कुरा पनि छ भनेर त मलाई थाहै थिएन।

      बन्दना: परमेश्‍वरले झूट बोल्दै छ भनेर दोष लगाउँदा सैतानले एउटा विवाद उठायो। त्यो विवाद समाधान गर्न समय चाहिन्थ्यो। किन होला?

      सोफिया: खै, थाह भएन।

      बन्दना: यो कुरा बुझ्न म एउटा उदाहरण बताउँछु। मानिलिनुहोस्‌ मैले तपाईंभन्दा म बलियो छु भनी फूर्ति लगाएँ। म गलत छु भनी तपाईं कसरी देखाउन सक्नुहुन्छ?

      सोफिया: सायद केही कुरा गर्न लगाएर।

      बन्दना: हो, एकदमै ठीक। कुनै गह्रौं सामान हामीमध्ये कसले उठाउन सक्छ, हेर्न सक्छौं। त्यसैले को बलियो छ भनेर त सजिलै थाह पाउन सकिन्छ।

      सोफिया: तपाईंले भन्‍न खोज्नुभएको कुरा मैले बुझें।

      बन्दना: तर मानिलिनुहोस्‌ मैले तपाईं फटाहा हुनुहुन्छ भनें। यो कुरा प्रमाणित गर्नचाहिं गाह्रो छ नि हैन?

      सोफिया: अँ मलाई पनि त्यस्तै लाग्छ।

      बन्दना: इमानदारी भन्‍ने कुरा बल जस्तै एउटा साधारण जाँच गरेर प्रमाणित गर्न सकिंदैन नि, होइन र?

      सोफिया: त्यो त हो।

      बन्दना: यो कुरा प्रमाणित गर्ने सबैभन्दा राम्रो तरिका त हामी दुईमध्ये कोचाहिं साँच्चै इमानदार छौं भनेर जाँचेर हेर्न मानिसहरूलाई प्रशस्त समय दिनु हो।

      सोफिया: हो, त्यसो गर्नु व्यावहारिक हुन्छ होला।

      बन्दना: अब फेरि उत्पत्तिको त्यही विवरण विचार गरौं। के सैतानले आफू परमेश्‍वरभन्दा शक्‍तिशाली छु भन्यो?

      सोफिया: त्यसो त भनेन।

      बन्दना: परमेश्‍वरले सजिलै त्यसलाई गलत प्रमाणित गर्न सक्नुहुन्थ्यो। तर सैतानले परमेश्‍वर झूट बोल्दै हुनुहुन्छ भनेर दाबी गऱ्‍यो। अर्को शब्दमा भन्‍ने हो भने त्यसले हव्वालाई ‘परमेश्‍वर तिमीसित झूट बोल्दै हुनुहुन्छ र मचाहिं सत्य बोल्दैछु’ भन्यो।

      सोफिया: कुरा त्यस्तो पो!

      बन्दना: परमेश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ। त्यसैले यो विवाद सुल्झाउने सबैभन्दा राम्रो तरिका भनेको समय दिनु हो भनेर उहाँलाई थाह थियो। समय बित्दै जाँदा को साँचो अनि को झूटो भनेर स्पष्ट हुनेथियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने