प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा—१९९४ | अप्रिल १
    • ६ तर शैतान त्यतिमै सन्तुष्ट भएन। त्यसले अझ यसो भन्यो: “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” शैतानको भनाइअनुसार उदारतासाथ दिनुहुने यहोवा परमेश्‍वरले हाम्रा प्रथम मातापितालाई एउटा अद्‌भुत कुरादेखि वञ्चित गर्न चाहनुहुन्थ्यो। त्यसको तर्कअनुसार मानिसहरू ईश्‍वरहरू जस्तै नहोउन्‌ भनी उहाँ चाहनुहुन्थ्यो। यसप्रकार शैतानले परमेश्‍वरको भलाइलाई चुनौती दियो। स्वेच्छा तृप्ति र जानाजानी परमेश्‍वरको नियम उलङ्‌घन गर्ने कुरालाई पनि त्यसले प्रवर्द्धन गऱ्‍यो किनभने त्यसको भनाइअनुसार त्यसो गरे मानिसहरूकै फाइदा हुनेथियो। वास्तवमा भन्‍ने हो भने आफ्नो सृष्टिमाथि परमेश्‍वरको सार्वभौमिकतालाई शैतानले चुनौती दियो र मानव क्रियाकलापमाथि सीमा तोक्ने परमेश्‍वरको अधिकार छैन भनेर त्यसले आरोप लगायो।

      ७ शैतानले ती शब्दहरू बोलेदेखि प्रेतहरूका शिक्षाहरू सुनिन थाल्यो। ती दुष्ट शिक्षाहरूले अझै पनि त्यस्तै अईश्‍वरीय सिद्धान्तहरूको प्रवर्द्धन गर्छन्‌। अरू विद्रोही आत्माहरूको साथ पाएको शैतानले अदनको बगैंचामाझैं आज पनि परमेश्‍वरले कुनै पनि क्रियाकलापको स्तर तोक्नु हुने अधिकारमाथि चुनौती खडा गर्छ। त्यसले अझै पनि परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्छ अनि आफ्नो स्वर्गीय पिताको आज्ञा पालन नगर्न मानिसहरूलाई प्रभाव पार्ने कोशिश गर्छ।—१ यूहन्‍ना ३:८, १०.

  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा—१९९४ | अप्रिल १
    • १३ यहोवाले झूट बोल्नुभएको आरोप लगाउँदै शैतानले हव्वालाई परमेश्‍वरको आज्ञा उलङ्‌घन गरेमा तिनीहरू पनि ईश्‍वर जस्तै हुनेछन्‌ भने। तर आज मानिसहरूको पापी अवस्थाले यहोवा होइन तर शैतान झूटा थियो भनेर प्रमाणित गर्छ। मानिसहरू ईश्‍वरहरू भएका छैनन्‌! तथापि, शैतानले त्यो पहिलो झूटमाथि झूट बोल्यो। मानिसको आत्मा अमर, अविनाशी छ भन्‍ने विचारधारालाई त्यसले प्रकाशमा ल्यायो। यसप्रकार भिन्दै तरिकामा ईश्‍वरहरू जस्तै हुने सम्भाव्यतालाई त्यसले रहरलाग्दो ढङ्‌गमा मानवसमक्ष प्रस्तुत गऱ्‍यो। त्यसपछि त्यही झूटा शिक्षालाई आधार बनाएर त्यसले नरककुण्ड, पाप मोचनस्थान, प्रेतवाद र पितृ उपासनाको प्रवर्द्धन गऱ्‍यो। करोडौं मानिसहरू अझै पनि यही झूटहरूको दासत्वमा छन्‌।—व्यवस्था १८:९-१३.

  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा—१९९४ | अप्रिल १
    • १६ अदनको बगैंचामा झूट बोलेर शैतानले आदम र हव्वालाई परमेश्‍वरदेखि स्वतन्त्र हुन अनि आफ्नै बुद्धिमा भर पर्ने अभिलाषा राख्न प्रोत्साहित गऱ्‍यो। आज संसारमा अपराध, आर्थिक कठिनाइ, युद्ध अनि गम्भीर असमानतामा हामी त्यस झूटको दीर्घकालीन असर देख्दैछौं। त्यसकारण बाइबलले हामीलाई यसो भनेकोमा कुनै अचम्म छैन: “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो”! (१ कोरिन्थी ३:१९) तापनि अधिकांश मानिसहरू यहोवाका शिक्षाहरूप्रति ध्यान दिनुभन्दा मूर्ख भएर दुःख भोग्न रूचाउँछन्‌। (भजनसंग्रह १४:१-३; १०७:१७) तर ईश्‍वरीय शिक्षा स्वीकार्ने मसीहीहरू भने त्यस्तो पासोमा फँस्नदेखि टाढै बस्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने