प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • ४. स्त्रीको सन्तान को-को मिलेर बनेको छ र त्यो सन्तानले के गर्नेछ?

      ४ अदनको बगैंचामा विद्रोह भएलगत्तै यहोवाले “स्त्री”-ले एउटा “सन्तान” जन्माउनेछिन्‌ भनेर प्रतिज्ञा गर्नुभयो।a (उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌) ती सन्तानले सर्प अर्थात्‌ सैतानको शिर कुच्याउनेथिए। ती सन्तान अब्राहामबाट आउनेछन्‌, तिनी इस्राएल राष्ट्रको हुनेछन्‌, यहूदा कुलबाट जन्मनेछन्‌ र दाऊदको सन्तानको रूपमा देखापर्नेछन्‌ भनेर यहोवाले पछि रहस्य खोलिदिनुभयो। (उत्प. २२:१५-१८; ४९:१०; भज. ८९:३, ४; लूका १:३०-३३) ती सन्तानको प्रमुख भाग ख्रीष्ट येशू हुनुहुन्छ। (गला. ३:१६) अनि दोस्रो भागचाहिं पवित्र शक्‍तिद्वारा नियुक्‍त ख्रीष्टियन मण्डलीका सदस्यहरू मिलेर बनेको छ। (गला. ३:२६-२९) येशू र यी अभिषिक्‍त जनहरू मिलेर परमेश्‍वरको राज्य बनेको छ। यही राज्यद्वारा परमेश्‍वरले सैतानलाई नाश गर्नुहुनेछ।—लूका १२:३२; रोमी १६:२०.

      ५, ६. (क) दानियल र यूहन्‍नाले कतिवटा महाशक्‍तिबारे चर्चा गरे? (ख) प्रकाशको पुस्तकमा चर्चा गरिएको जङ्‌गली जनावरको टाउकोहरूले कुन कुरालाई चित्रण गर्छ?

      ५ अदनको बगैंचामा गरिएको त्यो पहिलो भविष्यवाणीमा सैतानको “सन्तान” हुनेछ भनेर पनि बताइएको थियो। त्यसको सन्तान र स्त्रीको सन्तानबीच दुस्मनी हुनेथियो अर्थात्‌ त्यसले स्त्रीको सन्तानलाई घृणा गर्नेथियो। सर्पको सन्तान को-को हुन्‌? ज-जसले सैतानको नक्कल गर्दै परमेश्‍वरलाई घृणा गर्छन्‌ र उहाँका जनहरूलाई विरोध गर्छन्‌, तिनीहरू सबै। इतिहासभरि नै सैतानले आफ्नो सन्तानलाई विभिन्‍न सरकार वा राज्यहरूमा सामेल गरेको छ। (लूका ४:५, ६) यीमध्ये केही सरकार परमेश्‍वरका जनहरूविरुद्ध प्रत्यक्ष रूपमा लडेका छन्‌, चाहे इस्राएल राष्ट्रविरुद्ध होस्‌ वा अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डलीविरुद्ध। यस तथ्यबाट हामी दानियल र यूहन्‍नाले दर्शनहरूको व्याख्या गर्दा आठ महाशक्‍तिको मात्र चर्चा गर्नुको कारण बुझ्न सक्छौं।

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • ७. पहिलो टाउकोले केलाई चित्रण गर्छ र किन?

      ७ जनावरको पहिलो टाउकोले मिश्रलाई चित्रण गर्छ। किन? किनभने परमेश्‍वरका जनहरूविरुद्ध दुस्मनी राख्ने पहिलो मुख्य शक्‍ति मिश्र थियो। अब्राहामका सन्तानहरू—जसबाट प्रतिज्ञा गरिएको स्त्रीको सन्तान आउनेथिए—तिनीहरूको सङ्‌ख्या मिश्रमा बढ्‌दै गयो। त्यसपछि मिश्रले इस्राएललाई थिचोमिचो गर्न थाल्यो। स्त्रीको सन्तान देखापर्नुअघि नै सैतानले परमेश्‍वरका जनहरूलाई नामेट पार्न खोज्यो। कसरी? सबै इस्राएली बालकलाई मार्न फिरऊनलाई उक्साएर। तर यहोवाले सैतानको यो प्रयास विफल तुल्याउनुभयो र आफ्ना जनहरूलाई मिश्रको दासत्वबाट मुक्‍त गर्नुभयो। (प्रस्थ. १:१५-२०; १४:१३) पछि उहाँले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजानुभयो।

      ८. दोस्रो टाउकोले केलाई चित्रण गर्छ र त्यसले के गर्ने प्रयास गऱ्‍यो?

      ८ जनावरको दोस्रो टाउकोले अश्‍शूरलाई चित्रण गर्छ। यो शक्‍तिशाली राज्यले पनि परमेश्‍वरका जनहरूलाई नामेट पार्ने प्रयास गऱ्‍यो। हो, दस गोत्रे राज्यले मूर्तिपूजा र विद्रोह गरेको कारण तिनीहरूलाई सजाय दिन यहोवाले अश्‍शूरलाई प्रयोग गर्नुभएको थियो। तर पछि अश्‍शूरले यरूशलेमलाई आक्रमण गऱ्‍यो। सायद सैतानको लक्ष्य येशू देखापर्ने राजकीय घरानालाई नाश गर्नु थियो। अश्‍शूरीहरूले यसरी आक्रमण गरोस्‌ भन्‍ने यहोवाको उद्देश्‍य थिएन। त्यसैले ती आक्रमणकारीहरूलाई नाश गरेर उहाँले आफ्ना विश्‍वासी जनहरूलाई चमत्कारपूर्ण तरिकामा जोगाउनुभयो।—२ राजा १९:३२-३५; यशै. १०:५, ६, १२-१५.

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • १३ यहोवाले आफूले भविष्यवाणी गरेझैं बेबिलोनलाई परास्त गर्न र इस्राएलीहरूलाई मातृभूमि फर्काउन मादी-फारसी साम्राज्य चलाउनुभयो। (२ इति. ३६:२२, २३) तर यही शक्‍ति पछि परमेश्‍वरका जनहरूलाई नामेट पार्न अघि बढ्यो। एस्तरको पुस्तकमा हामान नाम गरेका फारसी प्रधानमन्त्रीले रचेको षड्यन्त्रबारे उल्लेख गरिएको छ। तिनले फारस साम्राज्यमा फैलिएर बसेका सबै यहूदीलाई निर्मूल पार्ने प्रबन्ध मिलाए र यस्तो नरसंहार गर्न खास दिन तोके। यहोवाको हस्तक्षेपले गर्दा मात्र उहाँका जनहरू फेरि एक पटक सैतानको सन्तानको द्वेषबाट बच्न सफल भए। (एस्त. १:१-३; ३:८, ९; ८:३, ९-१४) त्यसकारण मादी-फारसीलाई प्रकाशको पुस्तकमा चर्चा गरिएको जनावरको चौथो टाउको भन्‍नु एकदमै सुहाउँछ।

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • १६. एन्टियोकस चौथोले के गरे?

      १६ फारसमाथि विजय हासिल गरेपछि युनानले परमेश्‍वरका जनहरूको भूमिमा अधिकार जमाउन थाल्यो। यतिबेलासम्ममा त यहूदीहरू प्रतिज्ञा गरिएको देशमा स्थापित भइसकेका थिए र तिनीहरूले यरूशलेमको मन्दिर पुनर्निर्माण गरिसकेका थिए। अहिलेसम्म पनि परमेश्‍वरले तिनीहरूलाई आफ्नो जनको रूपमा स्वीकार्नुभएको थियो र पुनर्निर्माण गरिएको मन्दिर अझै पनि साँचो उपासनाको केन्द्रबिन्दु थियो। तर ईसापूर्व दोस्रो शताब्दीमा जङ्‌गली जनावरको पाँचौं टाउको युनानले परमेश्‍वरका जनहरूमाथि आक्रमण गऱ्‍यो। सिकन्दरको विभक्‍त साम्राज्यको उत्तराधिकारीमध्ये एक एन्टियोकस चौथो थिए। तिनले यरूशलेमको मन्दिर परिसरमा झूटो धर्मको वेदी खडा गरे अनि यहूदी धर्म मान्‍नेहरूलाई अपराधी ठान्दै तिनीहरूलाई मृत्युदण्ड दिने नीति बनाए। सैतानको सन्तानले कतिबिघ्न घृणा गरेको! तर चाँडै नै युनानको ठाउँ अर्को विश्‍वशक्‍तिले लिनेथियो। जङ्‌गली जनावरको छैटौं टाउको कुन हुनेथियो?

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • १७. उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न छैटौं टाउकोले कस्तो प्रमुख भूमिका खेल्यो?

      १७ यूहन्‍नाले जङ्‌गली जनावरको दर्शन देख्दा रोमले प्रभुत्व जमाइरहेको थियो। (प्रका. १७:१०) उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न यस छैटौं टाउकोले प्रमुख भूमिका खेल्यो। सैतानले रोमी अधिकारीहरूलाई चलाएर भविष्यवाणी गरिएको ती सन्तानलाई अस्थायी रूपमा घाइते बनायो। हो, त्यसले ती सन्तानको ‘कुर्कुच्चो डस्यो।’ त्यसले कसरी कुर्कुच्चो डस्यो? रोमी अधिकारीहरूले येशूलाई देशद्रोहको झूटो आरोप लगाए र उहाँलाई मारे। (मत्ती २७:२६) तर त्यो चोट चाँडै नै निको भयो किनभने यहोवाले येशूलाई पुनर्जीवित पार्नुभयो।

      १८. (क) यहोवाले कुन नयाँ राष्ट्रलाई छान्‍नुभयो र किन? (ख) सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्‍यो, कसरी?

      १८ इस्राएलका धर्मगुरुहरूले रोमसित साठगाँठ गरेर येशूविरुद्ध षड्यन्त्र रचे अनि इस्राएलका धेरैजसो मानिसहरूले पनि उहाँलाई तिरस्कार गरे। त्यसकारण यहोवाले इस्राएल राष्ट्रलाई आफ्ना जनको रूपमा त्याग्नुभयो। (मत्ती २३:३८; प्रेषि. २:२२, २३) तिनीहरूको सट्टा नयाँ राष्ट्र, “परमेश्‍वरको इस्राएल”-लाई छान्‍नुभयो। (गला. ३:२६-२९; ६:१६) यो राष्ट्र यहूदी र अन्यजाति अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डली मिलेर बनेको छ। (एफि. २:११-१८) येशूको मृत्युपछि अनि उहाँ पुनर्जीवित भइसकेपछि पनि सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्‍यो। रोमले बारम्बार स्त्रीको सन्तानको दोस्रो भाग अर्थात्‌ ख्रीष्टियन मण्डलीलाई नामेट पार्ने प्रयास गऱ्‍यो।c

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • a स्त्रीले, स्वर्गमा अदृश्‍य प्राणीहरू मिलेर बनेको यहोवाको पत्नीरूपी सङ्‌गठनलाई चित्रण गर्छ।—यशै. ५४:१; गला. ४:२६; प्रका. १२:१, २.

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा—२०१२ | जून १५
    • c इस्वी संवत्‌ ७० मा रोमले यरूशलेम नाश गर्दा इस्राएल परमेश्‍वरले छान्‍नुभएको राष्ट्रबाट हटिसकेको थियो। त्यसैले यरूशलेम विनाश हुनु भनेको स्त्रीको सन्तानमाथि आक्रमण हुनु र उत्पत्ति ३:१५ पूरा हुनु थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने