-
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्प्रहरीधरहरा—२००८ | डिसेम्बर १
-
-
१८. आदमले पाप गरेपछि के भविष्यवाणी गरियो र यसबारे पछि के प्रकट गरियो?
१८ अदनको बगैंचामा मानिसजातिले सर्वस्व—परमेश्वरसामु जान सक्ने सुअवसर, अनन्त जीवन, आनन्द र प्रमोदवन—गुमाएको जस्तो देखिएको समयमा यहोवा परमेश्वरले एक उद्धारकबारे भविष्यवाणी गर्नुभयो। उनलाई “सन्तान” भनिएको थियो। (उत्प. ३:१५) नाउँ नखुलाइएको यस सन्तान वर्षौंसम्म थुप्रै बाइबल भविष्यवाणीको मुख्य विषय बन्यो। अब्राहाम, इसहाक र याकूब तिनका पुर्खा हुनेथिए। साथै तिनी राजा दाऊदको वंशका हुनेथिए।—उत्प. २१:१२; २२:१६-१८; २८:१४; २ शमू. ७:१२-१६.
१९, २०. (क) प्रतिज्ञा गरिएका सन्तान को हुनुहुन्छ? (ख) भविष्यवाणी गरिएका सन्तान येशू मात्र होइन भनेर कसरी भन्न सक्छौं?
१९ यस प्रतिज्ञा गरिएका सन्तान को थिए? यसको जवाफ गलाती ३:१६ मा पाउन सकिन्छ। (पढ्नुहोस्) तर पछि सोही अध्यायमा प्रेरित पावल अभिषिक्त ख्रीष्टियानहरूलाई यसो भन्छन्: “यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञाबमोजिमका हकवाला पनि हौ।” (गला. ३:२९) प्रतिज्ञा गरिएका सन्तान ख्रीष्ट हुनुभयो तर यसमा अरू पनि समावेश गरियो। यसको अर्थ के हो?
२० लाखौंले अब्राहामको सन्तान भएको दाबी गर्छन्, अझ कति त अगमवक्ता भई टोपल्छन्। कुनै-कुनै धर्मले तिनीहरूको अगमवक्ता अब्राहामको वंश हो भनेर निकै जोड दिन्छन्। तर के तिनीहरू सबै प्रतिज्ञा गरिएका सन्तान हुन् त? होइनन्। परमेश्वरबाट प्रेरणा पाएर प्रेरित पावलले औंल्याएझैं अब्राहामका सबै सन्तानले ‘म प्रतिज्ञा गरिएको सन्तान हुँ’ भनेर दाबी गर्न सक्दैन। अब्राहामका अरू छोराहरूका सन्तान मार्फत मानिसजातिलाई आशिष् दिइएन। आशिष्को सन्तान इसहाककै वंशको हुनुपर्थ्यो। (हिब्रू ११:१८) आखिरमा येशू ख्रीष्ट नै प्रतिज्ञा गरिएको सन्तानको प्रमुख भाग साबित हुनुभयो। उहाँको अब्राहामदेखिको वंशावली बाइबलमा दिइएको छ।b अरू सबै पछि अब्राहामका सन्तानको दोस्रो भाग बन्छन् किनभने तिनीहरू ‘ख्रीष्टका हुन्।’ हो, यो भविष्यवाणी पूरा गर्ने येशूको भूमिका साँच्चै अतुलनीय छ।
-
-
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्प्रहरीधरहरा—२००८ | डिसेम्बर १
-
-
b इस्वी संवत् प्रथम शताब्दीमा यहूदीहरूले तिनीहरू नै खासमा अब्राहामको वंश भएकोले आफूलाई अनुग्रह प्राप्त जाति ठान्थे। तैपनि तिनीहरूले ख्रीष्ट अर्थात् मसीहको रूपमा एक जना व्यक्तिको मात्र प्रतीक्षा गर्थे।—यूह. १:२५; ७:४१, ४२; ८:३९-४१.
-
-
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्प्रहरीधरहरा—२००८ | डिसेम्बर १
-
-
◼ प्रतिज्ञा गरिएका सन्तान। (उत्प. ३:१५) येशू मात्र भविष्यवाणी गरिएका सन्तानको प्रमुख भाग हुनुहुन्छ। पछि अब्राहामको सन्तानको दोस्रो भाग बनेका बाँकी सबै ‘ख्रीष्टका हुन्।’—गला. ३:२९.
-