प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 No. ३ pp. १०-१३
  • बाइबलबाट हामी के थाह पाउन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलबाट हामी के थाह पाउन सक्छौँ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले के बताउँदैन?
  • परमेश्‍वरले कहिले ब्रह्‍माण्ड सृष्टि गर्न सुरु गर्नुभयो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?
    ब्यूँझनुहोस्‌!—२००६
  • विज्ञान र उत्पत्तिको विवरण
    जीवन सृष्टि कि संयोग?
  • जीवनको सुरुवात कसरी भयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 No. ३ pp. १०-१३

बाइबलबाट हामी के थाह पाउन सक्छौँ?

हाम्रो पृथ्वी कसरी अस्तित्वमा आयो भनेर बाइबलमा यस्तो वर्णन गरिएको छ: “यो आकाश र पृथ्वी सृष्टि गरिएको बेलाको विवरण हो।” (उत्पत्ति २:४) के बाइबलको कुरा वैज्ञानिक तथ्यहरूसित मेल खान्छ? केही उदाहरण विचार गरौँ।

सुरुमा: आकाश र पृथ्वी सृष्टि गरिए

के ब्रह्‍माण्ड सधैँ अस्तित्वमा थियो?

उत्पत्ति १:१ भन्छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”

करिब सन्‌ १९५० अघिसम्म धेरैजसो प्रख्यात वैज्ञानिकहरू ब्रह्‍माण्ड सधैँ अस्तित्वमा थियो भन्‍ने कुरामा विश्‍वास गर्थे। तर अहिले धेरैजसो वैज्ञानिकले ब्रह्‍माण्डको सुरुवात छ भनेर मानिलिन्छन्‌ किनभने हालैका अनुसन्धानहरूबाट त्यो कुरा प्रमाणित भएको छ।

पृथ्वी सुरुमा कस्तो थियो?

उत्पत्ति १:२, ९ मा बताइएअनुसार “त्यतिखेर पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन। जताततै पानी मात्र थियो।”

बाइबलको यो कुरा आधुनिक विज्ञानले पत्ता लगाएको कुरासँग मेल खान्छ। जीवशास्त्री प्याट्रिक सीले बताएअनुसार सुरुमा हाम्रो ग्रहमा अक्सिजन थिएन अनि यो उजाड थियो। एस्ट्रोनोमी पत्रिकामा यस्तो लेखिएको छ: “हालैको अनुसन्धानबाट के देखिन्छ भने सुरुमा पृथ्वीमा पानी मात्र थियो। जमिन छँदै थिएन भने पनि हुन्छ।”

वायुमण्डल समय बित्दै जाँदा कसरी परिवर्तन भयो?

उत्पत्ति १:३-५ अनुसार सुरुमा वायुमण्डल एकदमै बाक्लो भएकोले मधुरो प्रकाश मात्र पृथ्वीको सतहमा पुगेको थियो जस्तो देखिन्छ। पछि मात्र सूर्य र चन्द्रमा पृथ्वीबाट प्रस्ट देखिन थाले।—उत्पत्ति १:१४-१८.

बाइबलले पृथ्वीमा सबै जीव २४ घण्टे ६ दिनमा सृष्टि गरिएको थियो भनेर बताउँदैन

स्मिथसोनियन एन्भारोनमेन्टल रिसर्च सेन्टरले बताएअनुसार सुरुमा पृथ्वीमा वायुमण्डलबाट मधुरो प्रकाश मात्र पस्थ्यो। पृथ्वीको चारैतिर मिथेन ग्याँसको बाक्लो तुवाँलो थियो तर पछि यो तुवाँलो हट्यो र निलो आकाश देखिन थाल्यो भनेर पनि त्यस रिसर्च सेन्टरले बताएको छ।

पृथ्वीमा कुन क्रममा जीवहरू देखा परे?

१—पहिलो दिन: मधुरो प्रकाश वायुमण्डलबाट पृथ्वीको सतहमा आएको हुनुपर्छ।—उत्पत्ति १:३-५

२—दोस्रो दिन: पृथ्वीलाई पानी र बक्लो वाफले ढाक्यो। यी दुई कुरालाई छुट्ट्याइयो र तिनीहरूको बीचमा एउटा अन्तर बन्यो।—उत्पत्ति १:६-८

३—तेस्रो दिन: पानीको सतह घट्‌न थाल्यो र सुक्खा जमिन देखा पऱ्‍यो।—उत्पत्ति १:९-१३

४—चौथो दिन: पृथ्वीबाट सूर्य र चन्द्रमा देखिएको हुनुपर्छ। —उत्पत्ति १:१४-१९

५—पाँचौँ दिन: ईश्‍वरले जलजन्तु र आकाशमा उड्‌ने जीवहरू सृष्टि गर्नुभयो अनि तिनीहरूलाई आ-आफ्नै प्रजातिको सन्तान जन्माउने क्षमता दिनुभयो।—उत्पत्ति १:२०-२३

६—छैटौँ दिन: ईश्‍वरले जमिनमा बस्ने ठूला र साना सबै किसिमका जीवजन्तु सृष्टि गर्नुभयो। उहाँले छैटौँ दिनको अन्तमा पहिलो पुरुष र स्त्री सृष्टि गर्नुभयो।—उत्पत्ति १:२४-३१

उत्पत्ति १:२०-२७ मा सुरुमा माछा, त्यसपछि चराचुरुङ्‌गी र जनावर अनि अन्तमा मात्र मानिस सृष्टि भएका हुन्‌ भनेर बताइएको छ। वैज्ञानिकहरू पनि सुरुमा माछा, त्यसको धेरै समयपछि स्तनपायी जनावर अनि मात्र मानिस अस्तित्वमा आएका हुन्‌ भनी विश्‍वास गर्छन्‌।

बाइबलले जीवहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌ भन्‍ने कुरा नकार्दैन

“बाइबलको उत्पत्ति अध्याय १ मा भएको सृष्टि र सृष्टिको क्रमको छोटो र स्पष्ट विवरण आधुनिक विज्ञानले पत्ता लगाएको कुरासित मेल खानु उल्लेखनीय छ।” —जेरल्ड एल. श्रोडर, भौतिकशास्त्री।

बाइबलले के बताउँदैन?

केही मानिसहरू बाइबल आधुनिक विज्ञानले पत्ता लगाएको कुरासित मेल खाँदैन भनी दाबी गर्छन्‌। तर तिनीहरू बाइबलको कुरा राम्ररी नबुझेकोले त्यस्तो निष्कर्षमा पुगेका हुन्‌।

बाइबलले ब्रह्‍माण्ड वा पृथ्वी अस्तित्वमा आएको ६ हजार वर्ष मात्र भयो भनेर बताउँदैन। बरु यसले “सुरुमा” पृथ्वी र ब्रह्‍माण्ड सृष्टि गरिएको थियो भनेर बताउँछ। (उत्पत्ति १:१) बाइबलमा त्यो “सुरु” कति समयअघिको कुरा हो भनेर तोकेरै बताइएको छैन।

बाइबलले पृथ्वीमा सबै जीव २४ घण्टे ६ दिनमा सृष्टि गरिएको थियो भनेर बताउँदैन। बरु यसमा प्रयोग गरिएको “दिन” भन्‍ने शब्दले समयावधिहरूलाई जनाउँछ। उदाहरणको लागि, उत्पत्ति २:४ मा यसो भनिएको छ: “जुन दिन यहोवाa परमेश्‍वरले पृथ्वी र आकाश बनाउनुभयो, त्यस दिनको विवरण यही हो।” यस पदमा उल्लेख गरिएको “दिन”-ले हाम्रो पृथ्वी र पृथ्वीमा भएका सबै जीव सृष्टि गर्न लागेको छ दिनलाई जनाउँछ। त्यसैले सृष्टिको प्रत्येक “दिन”-ले असाध्यै लामो समयावधि ढाक्छ र यही समयावधिमा ईश्‍वरले पृथ्वीलाई जीवनको लागि उपयुक्‍त ठाउँ बनाउनुभयो र त्यसमा जीवहरू सृष्टि गर्नुभयो।

बाइबलले जीवहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌ भन्‍ने कुरा नकार्दैन। उत्पत्तिको किताबमा जीवहरूलाई “जातजात”-अनुसार सृष्टि गरिएको कुरा उल्लेख गरिएको छ। (उत्पत्ति १:२४, २५) बाइबलमा प्रयोग गरिएको “जातजात” शब्दले विभिन्‍न किसिमका जीवहरूलाई जनाउँछ। यसबाट के स्पष्ट हुन्छ भने “जातजात”-का जीवहरूका आ-आफ्नै प्रजाति हुन्छन्‌ र ती प्रजातिहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌।

तपाईँको विचार कस्तो छ?

अहिलेसम्मको छलफलबाट हामीले के बुझ्यौँ भने बाइबलले ब्रह्‍माण्डको सुरुवात, पृथ्वीको सुरुको अवस्था र यसमा जीवनको सुरुवातबारे बताएका कुराहरू सरल र सही छ। त्यसोभए के बाइबलमा यी सबै कसले सृष्टि गरेका हुन्‌ भन्‍ने विषयमा पनि सही कुरा बताइएको छ त? इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “कुनै अलौकिक शक्‍तिले गर्दा जीवनको सुरुवात भएको हुनुपर्छ भन्‍ने कुरा आधुनिक विज्ञानले पत्ता लगाएको कुरासित मेल खान्छ।”b

विचार गर्नुहोस्‌:

उत्पत्ति १:१–२:४ पढ्‌नुहोस्‌। यस विवरणलाई सृष्टिबारे उहिलेउहिलेका कथाहरूसित तुलना गर्नुहोस्‌। उदाहरणको लागि, बेबिलोनीहरू ब्रह्‍माण्ड र मानिसहरू एउटी देवीको शव र एउटा देवताको रगतबाट बनेका हुन्‌ भनेर विश्‍वास गर्थे। प्राचीन मिश्रीहरू रा देवताले मानिसहरूलाई आफ्नो आँसुबाट सृष्टि गरेका हुन्‌ भनेर मान्थे। चीनमा चाहिँ कसै-कसैले एउटा दानवको शव पृथ्वीका तत्त्वहरूमा परिणत भयो र त्यसको शरीरमा भएका जुम्राहरूबाट मानिस अस्तित्वमा आयो भनेर विश्‍वास गर्थे। यसबाट के स्पष्ट हुन्छ भने बाइबलमा सृष्टिसम्बन्धी बताइएको कुरा यी मिथ्याहरूभन्दा बिलकुलै फरक छ। बाइबलको विवरण विज्ञानले बताउने कुरासित मेल खान्छ।

के यो ब्रह्‍माण्ड सृष्टि गरिएको थियो? चार मिनेटको भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।

b इन्साइक्लोपीडिया ब्रिटानिका-ले जीवन सृष्टि गरिएको हो भन्‍ने कुरालाई समर्थन गर्दैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने