प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • वैवाहिक बन्धनलाई कसरी बलियो बनाउने
    प्रहरीधरहरा—१९९३ | अगस्त १
    • तापनि, येशूले विश्‍वासघाती पति वा पत्नीलाई पारपाचुके गर्न सिफारिस गरिरहनु भएको थिएन। पारपाचुके गरेमा हुन सक्ने सबै नतिजाहरूलाई विचार गरिसकेपछि पारपाचुके गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार निर्दोष व्यक्‍ति आफैको हो। शास्त्रीय आधारमा पारपाचुके गर्ने विचार गरिरहेका पत्नीहरूले प्रथम स्त्रीलाई तिनको पापको दण्ड स्वरुप सुनाइएको परमेश्‍वरको वचनलाई पनि याद गर्नुपर्छ। दण्डाज्ञा बाहेक, हव्वालाई तोकेर परमेश्‍वरले यसो भन्‍नुभयो: “तेरो इच्छा [लालसा न्यु व०] पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) सी० एफ० किल र एफ० डेलीट्‌सको कमेन्ट्री अन द वोल्ड टेस्टामेन्ट नामक पुस्तकले “लालसा”-लाई “एउटा रोगजस्तै प्रबल इच्छा” भनेर परिभाषित गरेको छ। निश्‍चय नै, सबै पत्नीहरूमा यस्तो इच्छा प्रबल हुँदैन तर एक जना निर्दोष पत्नीले पारपाचुके गर्ने विचार गर्दा हव्वाबाट स्त्रीजातिले पाएको भावानात्मक आवश्‍यकताहरूलाई ध्यानमा राख्नु बुद्धिमानी हुनेछ। तथापि, विवाह बाहिर यौन सम्बन्ध राख्ने दोषी पतिबाट निर्दोष पत्नीमा एड्‌स लगायत लैङ्‌गिक सम्बन्धद्वारा सर्ने अन्य रोगहरू सर्न सक्ने हुँदा कसै कसैले येशूले वर्णन गर्नु भएझैं पारपाचुके गर्ने निर्णय गरेका छन्‌।

  • वैवाहिक बन्धनलाई कसरी बलियो बनाउने
    प्रहरीधरहरा—१९९३ | अगस्त १
    • आदम र हव्वालाई यहोवाले दिनुभएको दण्डाज्ञाले पछि भविष्यमा बढ्‌ने अर्को एउटा समस्याको पूर्ववाणी गर्दछ। पतिसँग तिनको सम्बन्धलाई लिएर यहोवाले हव्वालाई यसो भन्‍नुभयो: “त्यसले तँलाइ अधीनमा राख्नेछ।” यो भन्दा अघिल्लो लेखमा उल्लेख गरिएको इसाओले झैं आज धेरै पतिहरू आफ्नी पत्नीहरूको भावनाहरूको कुनै खयालै नराखी कठोरतापूर्वक अधीनमा राख्छन्‌। तैपनि, धेरै स्त्रीहरू अझै पनि आफ्नो पतिको ध्यान आकर्षणको लालसा गर्छन्‌। यो लालसा पूरा नहुँदा, पत्नीहरू त्यसको माग गर्छन्‌ र स्वार्थपूर्ण व्यवहार गर्छन्‌। यसप्रकार थुप्रै पतिहरू प्रभुत्त्व जमाउने र पत्नीहरू चाहिं पतिहरूको ध्यानको लालसा गर्ने गर्दा स्वार्थपन फैलन्छ र शान्ति हराउँछ। “आजका पारपाचुकेहरूलाई कसरी केलाएर हेर्ने?” भन्‍ने शीर्षक भएको एउटा रिपोर्टमा सुन्सकी सेरिजावाले यसो भने: “यस विवादको आधारभूत समस्या अर्थात्‌ आफ्नो चाहनाहरूलाई बढ्‌ता महत्त्व दिने मानिसहरूको प्रवृत्तिलाई अनदेखा गऱ्‍यौं भने वर्तमान समयमा भइरहेका पारपाचुकेलाई केलाएर हेर्न असम्भव हुनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने