प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ४/१५ pp. १५-१७
  • के तपाईं धन्यवाद दिनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं धन्यवाद दिनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले मूल्यांकन गर्नुहुन्छ
  • येशू—गहिरो मूल्यांकन गर्नुहुने व्यक्‍ति
  • शैतानको आलोचनात्मक मनोभाव
  • परमेश्‍वर र ख्रीष्टको अनुकरण गर्नुहोस्‌
  • “धन्यवादी होओ”
    हाम्रो राज्य सेवकाई—२००८
  • यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “तिमीहरू धन्यवादी होओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ४/१५ pp. १५-१७

के तपाईं धन्यवाद दिनुहुन्छ?

पश्‍चिम अफ्रिकाको मिसनरी गृहमा एकताक टेडी नाउँको एउटा कुकुर थियो। कसैले टेडीलाई मासुको टुक्रा दियो भने उसले त्यो मासु झम्टेर नसुँघिकन, नचपाइकन एकै सासमा निल्थ्यो। टन्टलापुर घाममा स्वाँस्वाँ गर्दै ऊ अर्को गाँसको आशामा बसिरहन्थ्यो। मासु नपाएपछि ऊ लुरुलुरु आफ्नो बाटो लाग्थ्यो।

आफूले पाएको चीजको लागि टेडीले कहिल्यै पनि कृतज्ञता जाहेर गरेन। त्यसबाट कसैले कृतज्ञाताको आशा पनि गर्दैनथ्यो। आखिर, त्यो कुकुर न थियो।

हामी पशुप्राणीहरूबाट भन्दा सहमानवहरूबाट अक्सर बढी कृतज्ञताको आशा गर्छौं। तर प्रायः हामीले आशा गरेजस्तो हुँदैन। धेरैजसो मानिसहरूले जीवनबाट सकेसम्म बढी फाइदा उठाउँछन्‌ अनि अझ बढी कुराको लालसा गर्छन्‌। यो कुनै अनौठो कुरा होइन। आखिरी दिनमा मानिसहरू बैगुणी हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो।—२ तिमोथी ३:१, २.

तथापि, परमेश्‍वरका सेवकहरू भिन्‍नै मनोभाव राख्छन्‌। तिनीहरू प्रेरित पावलको सल्लाह पालन गर्छन्‌ जसले सँगी विश्‍वासीहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू धन्यवादी होओ।”—कलस्सी ३:१५.

यहोवाले मूल्यांकन गर्नुहुन्छ

मूल्यांकन गर्ने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँले आफ्ना विश्‍वासी सेवकहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ, विचार गर्नुहोस्‌। प्रेरणा पाएपछि पावलले हिब्रू मसीहीहरूलाई यसो लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको मूल्यांकन गर्नुभएको अनेकौं उदाहरणहरू छन्‌। उहाँले अब्राहामलाई आशिष्‌ दिनुभएर तिनका सन्तानहरू वृद्धि गराउनुभयो र तिनीहरू “आकाशका तारा र समुद्र किनारका बालुवासरह” भए। (उत्पत्ति २२:१७) परीक्षाको घडीमा विश्‍वासी रहेको हुनाले यहोवाले अय्यूबलाई तिनको पहिलेको अपार सम्पत्ति मात्र होइन तर त्यसको “दुइ गुणा” बढी दिनुभयो। (अय्यूब ४२:१०) यहोवाले हजारौं वर्षदेखि मानिसजातिसँग गर्दै आउनुभएको व्यवहारले यो कुरा सत्य साबित गरेको छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९.

परमेश्‍वरको इच्छा गर्नेहरूको मूल्यांकन गर्नु अनि तिनीहरूलाई इनाम दिनु उहाँको व्यक्‍तित्वको महत्त्वपूर्ण पक्ष हो। यो कुरा स्वीकार्नुमा मसीही विश्‍वास निर्भर छ। पावलले यसो लेखे: “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, . . . त्यसले . . . उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

यहोवाले त्यसो गर्नुको सट्टा कठोर अनि आलोचनात्मक मनोभाव देखाउनुभएको भएता सायद हामी सबै दोषी ठहरिनेथियौं। धेरै समयअघि भजनरचयिताले यो कुरा प्रस्ट पारे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र?” (भजन १३०:३) यहोवा नता कृतघ्न हुनुहुन्छ न आलोचना गर्नुहुन्छ। उहाँको सेवा गर्नेहरूको उहाँ कदर गर्नुहुन्छ। उहाँ तिनीहरूको मूल्यांकन गर्नुहुन्छ।

येशू—गहिरो मूल्यांकन गर्नुहुने व्यक्‍ति

येशूले स्वर्गमा हुनुहुने आफ्नो पिताका गुणहरू उत्कृष्ट ढंगमा झल्काउनुहुँदै अरूले विश्‍वाससाथ गरेका कामहरूको मूल्यांकन गर्नुभयो। एक चोटि यरूशलेमको मन्दिरमा के भयो, विचार गर्नुहोस्‌: “[येशूले] नजर उठाएर हेर्दा धनीहरूलाई आफ्ना आफ्ना भेटी ढुकुटीमा चढ़ाएको देख्नुभयो। औ उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी देख्नुभयो। तब उहाँले भन्‍नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ता चढ़ाएकी छ। किनकि यी सबैले तिनका प्रशस्ताबाट भेटी चढ़ाएका छन्‌, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढ़ाएकी छ।’ ”—लूका २१:१-४.

आर्थिक हिसाबमा धनी मानिसहरूको अनुदानसँग तुलना गर्ने हो भने विधवाको अनुदान नगण्य थियो। मन्दिरमा उपस्थित धेरैजसो मानिसहरूले त विधवालाई देख्दा पनि देखेनन्‌। तथापि, येशूले त्यस विधवालाई देख्नुभयो। उहाँले उसको परिस्थिति बुझ्नुभयो। येशूले उसलाई देख्नुभयो अनि उसको मूल्यांकन गर्नुभयो।

अर्को घटना धनी स्त्री मरियमसँग सम्बन्धित छ। येशू खाना खान बस्नुहुँदा उसले येशूको खुट्टा र शिरमा बहुमूल्य मलहम खन्याई। कोही कोहीले त्यो मलहम बेचेर गरिबगुरुवाहरूलाई दिनसकिन्थ्यो भन्दै उनको आलोचना गरे। येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले भन्‍नुभयो: “भइगयो नि, त्यसलाई किन दुःख दिइरहेछौ? त्यसले ममाथि असलै गरेकी छ। म तिमीहरूलाई साँच्चै भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिएला, त्यसले जे गरेकी छ, त्यहाँ त्यहाँ त्यसको सम्झनाको लागि त्यो भनिनेछ।”—मर्कूस १४:३-६, ९; यूहन्‍ना १२:३.

त्यो बहुमूल्य मलहम अन्य कामको निम्ति प्रयोग नगरिएकोमा येशू दुःखित हुनुभएन। उहाँले मरियमले उदारसाथ देखाएकी प्रेम र विश्‍वासको मूल्यांकन गर्नुभयो। उसको यो असल कामको सम्झनाको निम्ति उक्‍त घटना बाइबलमा लिपिबद्ध गरिएको छ। यी तथा अन्य लेखोटहरूले येशू गहिरो मूल्यांकन गर्ने व्यक्‍ति हुनुहुन्थ्यो भनेर देखाउँछ।

तपाईं परमेश्‍वरको सेवक हुनुहुन्छ भने, साँचो उपासनालाई बढावा दिन तपाईंले गर्नुभएको प्रयासहरूको यहोवा परमेश्‍वर र येशू ख्रीष्टले गहिरो मूल्यांकन गर्नुहुन्छ भनेर निश्‍चित हुन सक्नुहुन्छ। यस्तो ज्ञानले हामीलाई उहाँहरूसित नजिक बनाउँछ अनि कृतज्ञ भएर उहाँहरूको अनुकरण गर्न उत्प्रेरित गर्छ।

शैतानको आलोचनात्मक मनोभाव

आउनुहोस्‌, मूल्यांकन नगर्ने एक जनाको उदाहरण विचार गरौं। त्यो हो, शैतान अर्थात्‌ दियाबल। शैतानसित मूल्यांकनको भाव नभएको कारण त्यसले परमेश्‍वरविरुद्ध घोर विद्रोह गऱ्‍यो।

शैतान भित्रभित्रै असन्तुष्ट थियो र त्यसले त्यो मनोभाव अरूलाई पनि देखाउन थाल्यो। अदनको बगैंचाको घटनालाई विचार गर्नुहोस्‌। यहोवाले प्रथम पुरुष र स्त्री सृष्टि गर्नुभयो अनि तिनीहरूलाई प्रमोदवनरूपी बगैंचामा राखेर यसो भन्‍नुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ।” तर तिनीहरूलाई एउटा कुरा निषेध गरिएको थियो। परमेश्‍वरले यसो भन्‍नुभयो: “असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।”—उत्पत्ति २:१६, १७.

तथापि, शैतानले केही समय नबित्दै यहोवाको विश्‍वसनीयतालाई चुनौती दियो। त्यसले हव्वालाई यहोवाप्रति यति कृतघ्न बनायो कि आफूले जस्तै उसलाई पनि उहाँको विद्रोह गर्न उस्कायो। “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” शैतानले प्रश्‍न गऱ्‍यो। (उत्पत्ति ३:१) स्पष्टतः भनाइको मतलब, परमेश्‍वरले हव्वाको आँखा खोल्ने र उहाँजस्तै हुने कुनै बहुमूल्य वस्तु उनीबाट लुकाइरहनुभएको थियो। यहोवाले दिनुभएका थुप्रै आशिष्‌हरूप्रति कृतज्ञ हुनुको सट्टा हव्वाले निषेधित वस्तुको लालसा गर्न थालिन्‌।—उत्पत्ति ३:५, ६.

यसको दुःखदायी परिणाम भनिरहनु पर्दैन। उसलाई हव्वा नाउँ दिइएको थियो “किनभने सबै जीवितहरूकी आमा तिनीनै हुन्‌।” तर अर्को अर्थमा, तिनी सबै मृतकहरूकी आमा भइन्‌। आदमबाट सबैले वंशानुगत पाप पाएका छन्‌ र तिनीहरू मर्छन्‌।—उत्पत्ति ३:२०; रोमी ५:१२.

परमेश्‍वर र ख्रीष्टको अनुकरण गर्नुहोस्‌

शैतान र येशूबीचको भिन्‍नता विचार गर्नुहोस्‌। शैतानलाई “भक्‍तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ” भनिएको छ। (प्रकाश १२:१०) येशूले “परमेश्‍वरको नजीक आउनेहरूलाई . . . सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।”—हिब्रू ७:२५.

शैतानले परमेश्‍वरका सेवकहरूलाई दोष लगायो। येशूले तिनीहरूको मूल्यांकन गर्नुभयो अनि तिनीहरूको खातिर प्रार्थना गर्नुभयो। ख्रीष्टका अनुयायीहरूको हैसियतमा मसीहीहरूले एकअर्काको राम्रो पक्ष हेर्नुपर्छ अनि एकअर्काको मूल्यांकन र कदर गर्नुपर्छ। यसो गरेर तिनीहरूले मूल्यांकन गर्नमा सर्वश्रेष्ठ उदाहरण बसाल्नुहुने यहोवा परमेश्‍वरप्रति कृतज्ञ छौं भनेर देखाउँछन्‌।—१ कोरिन्थी ११:१.

[पृष्ठ १७-मा भएको चित्र]

येशूले मरियमको असल कामको मूल्यांकन गर्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने