प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा—२०१६ | अप्रिल
    • १२. अदनको बगैंचामा पहरा दिन खटाइएका करूबहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

      १२ करूबहरू: परमेश्‍वरले सुरुमा सृष्टि गरेका केही अदृश्‍य प्राणीहरूलाई एउटा अनौठो काम दिनुभएको थियो। उहाँले “जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई . . . अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।”[२] (उत्प. ३:२४) ती करूबहरू सुरुमा यो कामको लागि सृष्टि गरिएका थिएनन्‌। किनभने यहोवाले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍यमा पाप र विद्रोहको नामोनिसान थिएन। जेहोस्‌, यी उच्च ओहदाका करूबहरूको उदाहरणबाट गाह्रो जिम्मेवारी पाउँदा समेत हामी सहनशील हुनुपर्छ भन्‍ने विषयमा राम्रो पाठ सिक्न सक्छौं। आफू उच्च ओहदाको भएकोले पहरा दिने त्यस्तो सानोतिनो काम गर्न सुहाउँदैन भनेर तिनीहरूले गुनासो गरेको हामी कतै पाउँदैनौं। साथै यस्तो जिम्मेवारी पाउँदा तिनीहरूले दिक्क मानेनन्‌ अनि हार पनि खाएनन्‌। बरु आफूलाई दिइएको जिम्मेवारी पूरा नभएसम्म त्यो काममा लागिरहे; सायद जलप्रलयसम्म अर्थात्‌ १,६०० वर्षभन्दा लामो समयसम्म सहनशील हुँदै तिनीहरू आफ्नो काममा लागे।

  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा—२०१६ | अप्रिल
    • ^ [२] (अनुच्छेद १२) त्यहाँ कति जना करूबहरूलाई खटाइएको थियो भन्‍ने कुरा बाइबलले बताएको छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने