-
अब्राहामको जस्तो विश्वास राख्नुहोस्!प्रहरीधरहरा—२००१ | अगस्त १५
-
-
१०. अब्राम र लूतका गोठालाहरूबीच कस्तो समस्या उत्पन्न भयो र यो समस्या तुरुन्तै समाधान गर्नु किन महत्त्वपूर्ण थियो?
१० “अब्रामका साथमा लागेका लूतको पनि भेड़ाबाख्रा र गाई-वस्तुहरूका बथान र पालहरू थिए। त्यस ठाउँमा तिनीहरू दुवै जना साथसाथै रहनलाई प्रशस्त ठाउँ भएन, किनकि तिनीहरूका भेड़ा-बाख्रा र गाई-वस्तुका सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। अब्राम र लूतका गाईवस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू बस्थे।” (उत्पत्ति १३:५-७) उक्त मुलुकमा अब्राम र लूत दुवैका बगालका लागि पर्याप्त पानी र खर्क थिएन। त्यसैकारण, गोठालाहरूबीच खिचातानी र रिस उठ्ने कुराहरू हुन थाल्यो। यसरी स-साना कुरामा झगडा गर्नु साँचो परमेश्वरका उपासकहरूका लागि सुहाउँदो कुरा थिएन। यो कलहलाई सुल्झाउन सकिएन भने तिनीहरूबीच सदाका लागि फाटो उत्पन्न हुने थियो। त्यसोभए, अब्रामले यस्तो परिस्थितिको सामना कसरी गर्ने थिए? लूतका बुबाको मृत्युपछि तिनले लूतलाई पाल्न थालेका थिए। तिनीहरू दुईमध्ये जेठो आफू नै भएकोले अब्राम असल कुराका हकदार थिए होइन र?
११, १२. अब्रामले उदार हुँदै लूतलाई कस्तो छनौट गर्न दिए र लूतको छनौट किन बुद्धिमानी थिएन?
११ तर “अब्रामले लूतलाई भने, ‘तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी ता नातेदार हौं। सारा देश तिम्रै अगि छ। यसैले म तिमीलाई भन्दछु, कि तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।’ ” बेथेल नजिकै “पूरै प्यालेस्टाइन देखिने अग्लो स्थान” थियो। सायद, त्यहींबाट “लूतले आफ्नो आँखा उठाएर हेरे, र यर्दनको बेंसी चाहिं परमप्रभुको बगैंचाजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो, अर्थात् सोअरतिरको मिश्र देशजस्तै देखे—सदोम र गमोरा परमप्रभुले सर्वनाश पार्न अघिको कुरो यो हो।”—उत्पत्ति १३:८-१०.
-
-
अब्राहामको जस्तो विश्वास राख्नुहोस्!प्रहरीधरहरा—२००१ | अगस्त १५
-
-
१३. आर्थिक विवादमा परेका मसीहीहरूका लागि अब्रामको उदाहरण कसरी लाभकारी साबित हुनसक्छ?
१३ पछि आफ्नो सन्तानले नै सारा मुलुक प्राप्त गर्नेछन् भन्ने यहोवाको प्रतिज्ञामा विश्वास जाहेर गरे तापनि उक्त मुलुकको सानो टुक्रा पनि आफूले नपाएकोमा अब्रामले गनगन गरेनन्। उदार हुँदै तिनले जे गरे त्यो पछि १ कोरिन्थी १०:२४ मा लेखिएको यो सिद्धान्तअनुरूप थियो: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” सँगी विश्वासीसित आर्थिक विवादमा परेकाहरूको निम्ति यो कत्ति राम्रो सम्झौटा हो। मत्ती १८:१५-१७ मा दिइएको सल्लाह पालन गर्नुको साटो कसैकसैले आफ्ना भाइहरूलाई अदालतसम्म लगेका छन्। (१ कोरिन्थी ६:१, ७) यहोवाको नाउँमा कलंक लगाउनुको साटो अथवा मसीही मण्डलीको शान्तिलाई भंग गर्नुको साटो आफैले आर्थिक घाटा बेहोर्नु बेस छ भनी अब्रामको उदाहरणले देखाउँछ।—याकूब ३:१८.
-