-
प्रार्थनाको शक्तिप्रहरीधरहरा—२००० | मार्च १
-
-
एलीएजर प्रार्थनाको शक्तिमा विश्वास गर्छन्। बालकले जस्तै असाधारण विश्वास प्रकट गर्दै तिनले यस्तो विनम्र अनुरोध गर्छन्: “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपागरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो अटूट प्रेम देखाउनुहोस्। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, औ शहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। यसैले यसो होस्, जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनूँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाईनै तपाईंले आफ्नो दास इसहाकको निम्ति रोज्नुभएको रहेछ, र तपाईंले मेरा मालिकलाई आफ्नो अटुट प्रेम देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाह पाउनेछु।”—उत्पत्ति २४:१२-१४.
-
-
प्रार्थनाको शक्तिप्रहरीधरहरा—२००० | मार्च १
-
-
हामी एलीएजरको प्रार्थनाबाट धेरै कुरा सिक्नसक्छौं। यसले तिनको उल्लेखनीय विश्वास, नम्रता तथा अरूप्रति निश्वार्थ चासो प्रकट गर्छ। एलीएजरको प्रार्थनाबाट तिनी यहोवाले मानिसहरूप्रति गर्नुहुने व्यवहारको अधीनमा बस्छन् भन्ने कुरा पनि प्रस्ट हुन्छ। अब्राहामसित परमेश्वरको विशेष सम्बन्ध छ अनि अब्राहामबाटै सबै मानिसजाति आशिषित् हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको छ भनेर तिनलाई राम्ररी थाह थियो। (उत्पत्ति १२:३) तसर्थ, एलीएजरले आफ्नो प्रार्थनाको सुरुमा यसो भने: “हे मेरा मालिकका परमप्रभु परमेश्वर।”
-