-
“मैले देखेको सपना सुन्नुहोस्”प्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
यूसुफका दाइहरूले तिनलाई मार्ने योजना बनाएका छन् भनेर तिनलाई थाह थिएन। तिनले आफ्ना दाइहरूलाई शान्तिसित भेट्ने आशा गरिरहेका थिए। तर यूसुफका दाइहरूले भने तिनलाई आक्रमण गरे! तिनीहरूले यूसुफको विशेष लुगा जबरजस्ती खोसे अनि तिनलाई घिसार्दै पानी नभएको सुख्खा खाडलतिर लगे र त्यहाँ फालिदिए। हुत्तिंदै यूसुफ तल खाडलमा खसे! यत्ति ठूलो धक्का लागेपछि तिनी खडा त भए तर खाडलबाट भने निस्किनै सकेनन्। खाडलबाट माथि हेर्दा तिनले आकाश बाहेक अरू केही देखेनन्, दाइहरूको आवाज पनि बिस्तारै मधुरो हुँदै गयो। यूसुफ मदतको लागि बिन्ती गर्दै चिच्याए, कराए। तर तिनका दाइहरूले फिटिक्कै वास्ता गरेनन्। बरु तिनीहरूले नजिकै बसेर खाना खाए, कत्ति निठुर! रूबेनको अनुपस्थितिमा तिनीहरूले फेरि यूसुफलाई मार्ने विचार गरे। तर त्यसो नगरी यूसुफलाई त्यहाँबाट यात्रा गरिरहेका व्यापारीहरूको हातमा बेच्न यहूदाले आफ्ना दाजुभाइलाई आग्रह गरे। दोतान भन्ने ठाउँ मिश्र देशतिर यात्रा गर्ने व्यापारीहरूको बाटो नजिकै पर्थ्यो। केही समय नबित्दै इश्माएली र मिद्यानी व्यापारीहरूको यात्री दल त्यहाँ आइपुग्यो। रूबेन फर्केर आइपुग्नु अघि नै तिनीहरूले २० शेकेल लिएर यूसुफलाई दासको रूपमा बेचिसकेका थिए।b—उत्पत्ति ३७:२३-२८; ४२:२१.
यूसुफले सत्यको लागि अडान लिए। तर तिनका दाइहरूले तिनलाई घृणा गरे
-
-
“मैले देखेको सपना सुन्नुहोस्”प्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
b बाइबलको यो सानो अंश पनि सही साबित भएको छ। त्यतिखेरको लेखोटले देखाएअनुसार मिश्र देशमा दासको मोल २० शेकेल थियो।
-