-
‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
-
-
यूसुफले भने डरलाग्दो परिणाम भोग्नुपऱ्यो। पोतीफरकी पत्नी बदला लिन चाहन्थिन्। उनी तुरुन्तै चिच्याउन थालिन् र अरू नोकरहरूलाई जम्मा गरिन्। यूसुफले उनलाई बलात्कार गर्न खोजेको तर उनी चिच्याउँदा यूसुफ भागेर गएको आरोप लगाइन्। उनले यूसुफलाई दोष लगाउन तिनको लुगा आफूसितै राखिन् र आफ्नो पति नफर्कुन्जेल कुरिरहिन्। पोतीफर घर आएपछि उनले यूसुफलाई त्यही झूटो आरोप लगाइन्। साथै पोतीफरले त्यस विदेशीलाई घरमा ल्याएकोले यस्तो अवस्था आएको हो भन्न थालिन्। पोतीफरले के गरे? हामी यस्तो लेखिएको पाउँछौं: “तिनी रीसले राँकिए!” अनि तिनले यूसुफलाई झ्यालखानामा थुन्न लगाए।—उत्पत्ति ३९:१३-२०.
“तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए”
पुरातन मिश्रमा झ्यालखानाहरू कस्ता हुन्थे भनेर हामीलाई त्यत्ति थाह छैन। पुरातत्त्वविद्हरूले भेट्टाएका भग्नावशेषहरूले त्यस समयका झ्यालखानाहरू ठूलठूला गढजस्तै थिए र त्यसमा कालकोठरीहरू पनि थिए भनी देखाउँछ। मूल भाषाको अनुवाद हेर्ने हो भने यूसुफले आफू बसेको झ्यालखानालाई बुझाउन खाडल भन्ने शब्द चलाएको पाउँछौं। यसबाट त्यो ठाउँ निकै अँध्यारो र डरलाग्दो थियो भनी थाह पाउन सक्छौं। (उत्पत्ति ४०:१५) बाइबलको भजनको किताबका यी शब्दहरूबाट यूसुफले अझ धेरै यातना सहनुपरेको कुरा थाह पाउँछौं: “तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, तिनी फलामका जञ्जीरमा राखिए।” (भजन १०५:१७, १८) मिश्रीहरूले कहिलेकाहीं कैदीहरू चल्न नसकोस् भनेर हात पछाडि लगेर नेल ठोकिदिन्थे अर्थात् साङ्लाले बाँधिदिन्थे। कसै-कसैलाई भने घाँटीमा फलामको साङ्ला झुण्ड्याइदिन्थे। आफ्नो कुनै गल्ती नभए पनि यत्ति कठोर यातना भोग्नुपर्दा यूसुफले कस्तो महसुस गरे होलान्, सोच्नुहोस् त!
तिनले भोगेको यातना छोटो समयको लागि मात्र थिएन। बाइबल विवरणअनुसार यूसुफले त्यस्तो भयानक ठाउँमा वर्षौं बिताए!a अनि कहिले छुटकारा पाउने हो भनेर पनि यूसुफलाई थाह थिएन। तिनका कहालीलाग्दा दिनहरू हप्ता अनि महिनामा परिवर्तन भए। तैपनि निराशामा नडुब्न तिनलाई कुन कुराले मदत गऱ्यो?
-
-
‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
-
-
a यूसुफ पोतीफरको घरमा जाँदा १७ वा १८ वर्षका थिए र तिनी वयस्क हुँदासम्म त्यहाँ रहे भनेर बाइबल विवरणले देखाउँछ। मतलब तिनले पोतीफरको घरमा केही वर्ष बिताएको हुनुपर्छ। तिनी झ्यालखानाबाट मुक्त हुँदा ३० वर्षका थिए।—उत्पत्ति ३७:२; ३९:६; ४१:४६.
-