-
यहोवाको करुणाबाट लाभ उठाउनेप्रहरीधरहरा—२००२ | मे १५
-
-
परमेश्वरको करुणाले छुटकारा र सुरक्षा प्रदान गर्छ
११, १२. (क) कस्तो परीक्षाको बेला यूसुफले यहोवाको करुणा अनुभव गरे? (ख) यूसुफलाई परमेश्वरले कसरी करुणा देखाउनुभयो?
११ अब हामी उत्पत्ति अध्याय ३९ छलफल गरौं। यस अध्यायमा अब्राहामका पनाति यूसुफ मिश्रको दासत्वमा बेचिएको विवरण छ। यद्यपि, “परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो।” (पद १, २) वास्तवमा भन्ने हो भने, यूसुफका मिश्री मालिक पोतिफरले समेत यहोवा यूसुफको साथमा हुनुहुन्थ्यो भनी स्वीकारे। (पद ३) तथापि, यूसुफले कठिन परीक्षाको सामना गर्नुपऱ्यो। तिनीमाथि पोतिफरकी पत्नीलाई यौन दुर्व्यवहार गरेको झूटो आरोप लगाइयो र थुनामा हालियो। (पद ७-२०) तिनलाई “झ्यालखानमा” “खुट्टामा . . . नेल ठोकेर दुःख दिए, तिनी फलामका जञ्जीरमा राखिए।”—उत्पत्ति ४०:१५; भजन १०५:१८.
१२ विशेष गरी त्यो कठिन परीक्षाको समयमा के भयो? “परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठाउनुभयो [करुणा देखाउनुभयो]।” (पद २१क) यसरी देखाइएको करुणाले गर्दा आफूले भोगिरहेका समस्याहरूबाट यूसुफले छुटकारा पाए। यहोवाले यूसुफलाई “झ्यालखानका हाकिमको निगाह-पात्र बनाउनुभयो।” (पद २१ख) फलस्वरूप, हाकिमले यूसुफलाई उच्च ओहदामा नियुक्त गरे। (पद २२) पछि, यूसुफले एक जना मानिसलाई भेटे जसले पछि मिश्रका शासक फिरऊनलाई तिनीबारे बताए। (उत्पत्ति ४०:१-४, ९-१५; ४१:९-१४) अनि राजाले यूसुफलाई मिश्रको दोस्रो शासकको स्थानमा नियुक्त गरे जसको फलस्वरूप, तिनले मिश्रमा अनिकालको बेला जीवन बचाउने कार्य गरे। (उत्पत्ति ४१:३७-५५) यूसुफले १७ वर्षको उमेरदेखि दुःखकष्ट भोगेका थिए र झन्डै १२ वर्षभन्दा लामो समयसम्म दुःख भोगे! (उत्पत्ति ३७:२, ४; ४१:४६) तर ती दुःख र पीडाले भरिएका वर्षहरूमा पनि यहोवा परमेश्वरले ठूला विपत्तिहरूबाट सुरक्षा प्रदान गर्नुभएर र ईश्वरीय उद्देश्यमा विशेष भूमिका निर्वाह गर्न बचाउनुभएर यूसुफप्रति करुणा देखाउनुभयो।
-
-
यहोवाको करुणाबाट लाभ उठाउनेप्रहरीधरहरा—२००२ | मे १५
-
-
१६. बाइबलमा अब्राहाम र यूसुफबारे कस्ता सकारात्मक पदावलीहरू प्रयोग गरिएको छ?
१६ उत्पत्ति अध्याय २४ अनुसार अब्राहामको यहोवासँग घनिष्ठ सम्बन्ध थियो भनी प्रस्ट हुन्छ। सुरुको पदमा यसो भनिएको छ, “परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष दिनुभएको थियो।” अब्राहामको नोकरले यहोवालाई “मेरा मालिकका . . . परमेश्वर” भन्थे। (पद १२, २७) अनि चेला याकूबले अब्राहाम “कामैले ठीक ठहरिए” र “परमेश्वरका मित्र कहलिए” भनी बताएका छन्। (याकूब २:२१-२३) यूसुफबारे पनि त्यस्तै भन्न सकिन्छ। यहोवा र यूसुफबीचको नजिकको सम्बन्धबारे उत्पत्ति अध्याय ३९ भरि जोड दिइएको छ। (पद २, ३, २१, २३) साथै, यूसुफबारे चेला स्तिफनसले यसो भने: “परमेश्वर तिनीसँग हुनुहुन्थ्यो।”—प्रेरित ७:९.
-