-
“परमेश्वरको विश्राम” के हो?प्रहरीधरहरा—२०११ | जुलाई १५
-
-
१, २. उत्पत्ति २:१-३ पढेर हामी सातौं दिनबारे कस्तो निष्कर्षमा पुग्न सक्छौं? यसबारे कस्ता प्रश्नहरू उठ्छन्?
परमेश्वरले प्रतीकात्मक छ दिनमा पृथ्वीलाई मानिसजाति बस्न योग्यको बनाउनुभयो भनेर उत्पत्तिको पहिलो अध्यायले बताउँछ। यी प्रत्येक दिन समाप्त भएको कुरा बुझाउन बाइबलमा यसो भनिएको छ: “साँझ पऱ्यो र बिहान भयो।” (उत्प. १:५, ८, १३, १९, २३, ३१) तर उत्पत्ति २:१-३ मा सातौं दिनबारे भने यस्तो लेखिएको पाउँदैनौं।
२ त्यसकारण ती शब्दहरू लेखिएको बेला अर्थात् ईसापूर्व १५१३ सम्म पनि सातौं दिन अर्थात् परमेश्वरको विश्राम “दिन” चलिरहेको थियो भन्ने कुरा बुझ्न सक्छौं। के परमेश्वरको विश्राम दिन अहिले पनि चलिरहेको छ? त्यसो हो भने के आज हामी परमेश्वरको विश्राममा प्रवेश गर्न सक्छौं? हामीले यी प्रश्नहरूको जवाफ थाह पाउनु महत्त्वपूर्ण छ।
-
-
“परमेश्वरको विश्राम” के हो?प्रहरीधरहरा—२०११ | जुलाई १५
-
-
५. सातौं दिनको उद्देश्य के हो? त्यो उद्देश्य कहिले पूरा हुनेछ?
५ यसको जवाफ पाउन हामीले सातौं दिनको उद्देश्यबारे थाह पाउनै पर्छ। उत्पत्ति २:३ मा यस्तो लेखिएको छ: “परमेश्वरले सातौं दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो।” त्यो दिनलाई यहोवाले “पवित्र तुल्याउनुभयो” किनभने उहाँले त्यो दिनलाई आफ्नो उद्देश्य पूरा गर्ने दिनको रूपमा छान्नुभयो। उहाँको उद्देश्य भनेको आज्ञाकारी पुरुष तथा स्त्रीले यो पृथ्वी र त्यसमा भएका सबै जीवित प्राणीहरूको हेरविचार गरून् भन्ने थियो। (उत्प. १:२८) पृथ्वीमा परमेश्वरको त्यो उद्देश्य पूरा होस् भनेर नै यहोवा परमेश्वर र “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टले “अहिलेसम्म काम” गरिरहनुभएको छ। (मत्ती १२:८) त्यसैले परमेश्वरको उद्देश्य पूरा नभएसम्म उहाँको विश्राम-दिन चलिरहनेछ। अनि परमेश्वरको त्यो उद्देश्य ख्रीष्टको हजार वर्षीय राज्यको अन्तमा मात्र पूरा हुनेछ।
-