प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के परमेश्‍वरको नाउँ उच्चारण गर्नु गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९९ | अप्रिल ८
    • शताब्दीयौंदेखि यहूदीधर्मले ईश्‍वरीय नाउँ अर्थात्‌ यहोवा अत्यन्तै पवित्र भएको हुनाले उच्चारण गर्नु हुँदैन भनेर सिकाउँदै आएको छ।a (भजन ८३:१८) थुप्रै धर्मविद्‌हरू महिमित सृष्टिकर्ताको नाउँ निसंकोच लिनु भनेको उहाँको अनादर गर्नु हो साथै “परमेश्‍वरको नाउँ व्यर्थैमा नलिनू” भन्‍ने दस आज्ञाहरूमध्ये तेस्रो आज्ञा उल्लंघन गर्नु पनि हो भन्‍ने तर्क गर्छन्‌। (प्रस्थान २०:७) सा.यु. तेस्रो शताब्दीमा मिस्नाहले “ईश्‍वरीय नाउँ उच्चारण गर्नेले अब आउने संसारमा जीवन पाउने छैनन्‌” भनी घोषणा गऱ्‍यो।—सेन्हेड्रिन १०:१.

  • के परमेश्‍वरको नाउँ उच्चारण गर्नु गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९९ | अप्रिल ८
    • तेस्रो आज्ञा

      तर दस आज्ञाहरूमध्ये तेस्रो आज्ञाले गरेको निषेधबारे नि के भन्‍न सकिन्छ? प्रस्थान २०:७ ले सशक्‍त शब्दहरूमा यसो भन्छ: “तैंले परमप्रभु [“यहोवा,” NW] आफ्ना परमेश्‍वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।”

      परमेश्‍वरको नाउँ ‘व्यर्थैमा लिनुको’ खास अर्थ के हो? जुविस पब्लिकेशन सोसाइटीद्वारा प्रकाशित द जेपिएस तोरह कमेन्ट्री-ले माथि उल्लिखित ‘व्यर्थमा लिनु’ ( लाश्‍व) भन्‍ने हिब्रू वाक्यांशको अर्थ “झूटो” वा “बिना काममा, बेकारमा” हुनसक्छ भनी बताउँछ। उक्‍त सन्दर्भिका अझ यसो भन्छ: “[यो हिब्रू वाक्यांश] स्पष्ट नभएकोले परमेश्‍वरको नाउँ व्यर्थैमा लिनु हुँदैन भन्‍नेहरूले ईश्‍वरको नाउँमा झूटो शपथ खानु अनि अनावश्‍यक वा तुच्छ ढंगमा ईश्‍वरीय नाउँ लिन निषेध गरे।”

      यहूदी धर्मशास्त्रमाथि गरिएको उक्‍त टिप्पणीले ‘परमेश्‍वरको नाउँ व्यर्थैमा नलिनुमा’ अनुचित ढंगले उहाँको नाउँ प्रयोग नगर्नु समावेश छ भनी सही कुरा बताएको छ। तर के अरूलाई परमेश्‍वरबारे सिकाउँदा वा प्रार्थनामा हाम्रो स्वर्गमा हुनुहुने पितालाई पुकार्दा उहाँको नाउँ उच्चारण गर्नु “अनावश्‍यक वा तुच्छ” कुरा हो? यहोवा आफ्नो दृष्टिकोण भजन ९१:१४ का शब्दहरूमा यसरी व्यक्‍त गर्नुहुन्छ: “उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने