-
“तिनीहरूको दुःख मलाई थाह छ”प्रहरीधरहरा—२००९ | अप्रिल १
-
-
एक दिनको कुरा हो, भेडा चराउँदै गर्दा मोशाले असाधारण दृश्य देखे—एउटा जलिरहेको पोथ्रा तर त्यो “भस्म हुँदैन थियो।” (पद २) मनमा खुलदुली भएकोले हेर्नको लागि उनी त्यसतर्फ गए। स्वर्गदूत मार्फत यहोवाले पोथ्राको बीचबाट मोशालाई भन्नुभयो: “यता नजीक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाँउ पवित्र भूमि हो।” (पद ५) एकछिन सोच्नुहोस् त, त्यो पोथ्राले परमेश्वरको उपस्थितिको केवल प्रतिनिधित्व मात्र गर्थ्यो तर पनि त्यो भूमि पवित्र भयो!
-
-
“तिनीहरूको दुःख मलाई थाह छ”प्रहरीधरहरा—२००९ | अप्रिल १
-
-
परमेश्वरको दयाले हामीलाई आशावादी हुने कारण दिन्छ। उहाँको मदतले हामी असिद्ध मानिस केही हदसम्म भए पनि पवित्र ठहरिन र उहाँसामु ग्रहणयोग्य हुन सक्छौं। (१ पत्रुस १:१५, १६) डिप्रेसन र निरुत्साहसित संघर्ष गर्दै आएकी एउटी ख्रीष्टियान बहिनीले मोशाको पोथ्राको अनुभवबाट ढाडस पाइन्। तिनी भन्छिन्: “यदि यहोवाले भूमिजस्तो कुरालाई त पवित्र पार्न सक्नुहुन्छ भने मेरो लागि अलिकति भए पनि आशा छ। यो सोचाइले मलाई ठूलो मदत गरेको छ।”
-