-
भलाइ प्रदर्शन गरिरहनुहोस्प्रहरीधरहरा—२००२ | जनवरी १५
-
-
१०. प्रस्थान ३४:६, ७ मा यहोवाको भलाइका कस्ता पक्षहरू उल्लेख गरिएका छन्?
१० परमेश्वरको वचनबाट आध्यात्मिक ज्योति र परमेश्वरको पवित्र आत्माको मदत पाएर हामी ‘असल काम गरिरहन’ सक्छौं। (रोमी १३:३) नियमित बाइबल अध्ययनद्वारा हामीले परमेश्वरको भलाइको कसरी देखासिकी गर्न सक्छौं भन्ने कुरा झन् धेरै सिक्ने छौं। प्रस्थान ३४:६, ७ मा लिपिबद्ध मोशाले सुनेको घोषणामा उल्लिखित परमेश्वरको भलाइका विभिन्न पक्षहरूबारे अघिल्लो लेखमा छलफल गरिएको थियो। त्यहाँ हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, . . . हुनुहुन्छ।” यहोवाको भलाइका यी विभिन्न पक्षहरूलाई नियाल्दा हामीले ‘असल काम गरिरहन’ मदत पाउनेछौं।
-
-
भलाइ प्रदर्शन गरिरहनुहोस्प्रहरीधरहरा—२००२ | जनवरी १५
-
-
१४. हामी किन क्षमाशील हुनुपर्छ?
१४ परमेश्वरले मोशालाई गर्नुभएको घोषणाले हामीलाई क्षमा गर्न पनि उत्प्रेरित गर्छ किनभने यहोवा क्षमा दिन तयार हुनुहुन्छ। (मत्ती ६:१४, १५) पश्चात्ताप नगर्नेहरूलाई यहोवाले अवश्य सजाय दिनुहुन्छ। त्यसकारण, मण्डलीमा आध्यात्मिक स्वच्छता कायम राख्ने सन्दर्भमा भलाइको स्तर पक्रिराख्नुपर्छ।—लेवी ५:१; १ कोरिन्थी ५:११, १२; १ तिमोथी ५:२२.
-