-
परमेश्वरको भलाइको अद्भुत विशालताप्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
-
-
परमेश्वरको भलाइको विशालता उहाँले मोशालाई सिनै पर्वतमा भन्नु भएका शब्दहरूमा देखिन्छ। त्यहाँ उहाँले आफ्नो विश्वासी सेवकलाई एसो भन्नु भयो: “म तेरै सामने मेरो सारा वैभव [NW भलाइ] देखाउनेछु।” यो प्रतिज्ञा पुरा गर्नु हुँदै र आफ्नो नाउँको पनि प्रयोग गर्नु हुँदै, परमेश्वरले अझ एसो भन्नु भयो: “यहोवानै [NW] टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने।”—प्रस्थान ३३:१९; ३४:६, ७.
यसकारण, परमेश्वरको भलाइमा उहाँको दया, प्रेम, कृपा र सत्यता सबै समावेश छन्। यस बाहेक, उहाँ “रीस गर्नमा ढीलो” अथवा धीरज हुनु भएकोमा पनि उहाँको भलाइ देखिन्छ। तर यसको अर्थ, उहाँ आवश्यकता भन्दा बढ़ी क्षमाशील हुने कुनै बाबू जस्तो भएर पापलाई सधैं छुट दिनु हुने छैन। पश्चाताप नगर्ने पापीहरू अथवा “दोषीलाई कुनै किसिमले पनि निर्दोष” ठहराउनु हुनेछैन। एउटा भलो परमेश्वरले दुष्टतालाई सधैं छुट दिन सक्नु हुन्न।
-
-
परमेश्वरको भलाइको अद्भुत विशालताप्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
-
-
तर दुःखको कुरा के हो भने, तिनीहरूले एक मात्र साचों परमेश्वरको उपासना गर्ने आफ्नो सौभाग्यको सधैं मोल गरेनन्। आखिरमा, इस्राएलीहरू सामूहिक रूपमा अविश्वासी भए र इ. पू. ६०७ मा यहोवाले तिनीहरूलाई बाबेलमा कैदी भएर लग्न दिनु भयो। परमेश्वरले मोशालाई भन्नु भए झैं, आफ्नो भलाइको कारण उहाँले “दोषीलाई कुनै किसिमले पनि निर्दोष” ठहराउनु हुनेछैन।—प्रस्थान ३४:७.
-
-
परमेश्वरको भलाइको अद्भुत विशालताप्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
-
-
साथै हामीले उहाँको भलाइको नाजायज फायदा उठाउन खोज्नु हुँदैन। हो, पापीहरूलाई यहोवा क्षमा गर्नु हुन्छ। दाऊद राजाले पनि निश्चिन्त भएर यस प्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्। हे यहोवा [NW], तपाईंको भलाइको खातिर, आफ्नो करूणा अनुसार मलाई सम्झनुहोस्।” (भजन संग्रह २५:७) के यस्को अर्थ, परमेश्वरबाट क्षमा पाइन्छ भन्दैमा, हामीले पाप गरी रहनु हुन्छ? पटक्कै हुँदैन। याद गर्नुहोस्, परमेश्वरको भलाइको अर्थ, जानी-बुझीकन पापगर्ने “दोषीलाई कुनै किसिमले निर्दोष” नठहराउनु हो।
-