प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ७ points १-७
  • यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पवित्र आत्मा वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ७ points १-७
पाठ ७. एक जना मानिस साँझ समुद्रको किनारामा उभिएर आकाशतिर हेर्दै छन्‌।

पाठ ०७

यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

तपाईँलाई यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ जस्तो लाग्छ? के तपाईँलाई उहाँ एकदमै महान्‌ तर विशाल तारापुञ्जका ताराहरूजस्तै धेरै टाढा हुनुहुन्छ जस्तो लाग्छ? अथवा के तपाईँको विचारमा उहाँ मेघगर्जनजस्तै शक्‍तिशाली तर भावना नभएको परमेश्‍वर हुनुहुन्छ? यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ? बाइबलले यहोवाका गुणहरूबारे बताउँछ। साथै यसले उहाँ तपाईँको ख्याल राख्नुहुन्छ भन्‍ने कुरा पनि प्रस्ट पार्छ।

१. हामी किन परमेश्‍वरलाई देख्न सक्दैनौँ?

“परमेश्‍वर अदृश्‍य हुनुहुन्छ।” (युहन्‍ना ४:२४) यहोवाको शरीर हाम्रो जस्तो छैन। उहाँ अदृश्‍य हुनुहुन्छ अनि स्वर्गमा बस्नुहुन्छ।

२. यहोवाका केही गुण के-के हुन्‌?

हामी यहोवालाई देख्न सक्दैनौँ तर उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ। उहाँलाई चिन्दै जाँदा हामी उहाँलाई प्रेम गर्न थाल्छौँ किनकि उहाँमा मनमोहक गुणहरू छन्‌। बाइबल भन्छ: “यहोवा न्याय मन पराउनुहुन्छ; आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।” (भजन ३७:२८) उहाँ “कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ,” विशेषगरि दुःखकष्ट भोगिरहेका मानिसहरूप्रति। (याकुब ५:११) “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) के तपाईँलाई हामी जे गर्छौँ, त्यसले यहोवालाई खुसी वा दुःखी बनाउन सक्छ भन्‍ने कुरा थाह थियो? कसैले खराब काम गर्ने छनौट गर्दा उहाँलाई दुःख लाग्छ। (भजन ७८:४०, ४१) तर कसैले असल काम गर्दा उहाँलाई खुसी लाग्छ।—हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

३. यहोवा हामीलाई प्रेम गरेको कसरी देखाउनुहुन्छ?

यहोवाको प्रमुख गुण प्रेम हो। वास्तवमा “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युहन्‍ना ४:८) यहोवाले बाइबलमार्फत आफ्नो प्रेम प्रकट गर्नुभएको छ। त्यति मात्र होइन, उहाँको सृष्टिमा पनि उहाँको प्रेम देखिन्छ। (प्रेषित १४:१७ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, उहाँले हामीलाई कसरी सृष्टि गर्नुभयो, विचार गर्नुहोस्‌। उहाँले हामीलाई थरिथरिका रङ हेर्ने, सुमधुर सङ्‌गीत सुन्‍ने अनि विभिन्‍न खानेकुराको स्वाद लिने क्षमतासहित सृष्टि गर्नुभएको छ। उहाँ हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ।

अझ खोतल्नुहोस्‌

यहोवा अचम्मलाग्दा काम कसरी गर्नुहुन्छ, थाह पाउनुहोस्‌। यहोवा आफ्ना मनमोहक गुणहरू कसरी प्रकट गर्नुहुन्छ, त्यो पनि बुझ्नुहोस्‌।

४. पवित्र शक्‍ति—परमेश्‍वरको सक्रिय शक्‍ति

चित्रहरूको सँगालो: परमेश्‍वरको पवित्र शक्‍तिका कामहरू। १. ग्रहहरू र ब्रह्‍माण्ड। २. बाइबलको एक जना लेखक परमेश्‍वरको प्रेरणा पाएर उहाँको विचार मुठामा लेख्दै छन्‌।

हामी काम गर्न हात चलाउँछौँ भने यहोवा पवित्र शक्‍ति चलाउनुहुन्छ। बाइबलले बताएअनुसार पवित्र शक्‍ति कुनै व्यक्‍ति नभई परमेश्‍वरले विभिन्‍न काम गर्न चलाउनुहुने शक्‍ति हो। लुका ११:१३ र प्रेषित २:१७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परमेश्‍वरसित पवित्र शक्‍ति माग्नेहरूमाथि उहाँले त्यो ‘खन्याउनुहुनेछ।’ त्यसोभए पवित्र शक्‍ति कुनै व्यक्‍ति हो कि परमेश्‍वरको सक्रिय शक्‍ति? तपाईँलाई किन त्यस्तो लाग्छ?

यहोवा पवित्र शक्‍ति चलाएर अचम्मलाग्दा काम गर्नुहुन्छ। भजन १०४:३० र २ पत्रुस १:२०, २१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाले पवित्र शक्‍ति चलाएर के-के गर्नुभएको छ?

चित्रहरूको सँगालो: परमेश्‍वरको पवित्र शक्‍तिका कामहरू। १. ग्रहहरू र ब्रह्‍माण्ड। २. बाइबलको एक जना लेखक परमेश्‍वरको प्रेरणा पाएर उहाँको विचार मुठामा लेख्दै छन्‌।

५. यहोवासित मनमोहक गुणहरू छन्‌

मोसा परमेश्‍वरका वफादार उपासक थिए। तर तिनी उहाँलाई अझ राम्ररी चिन्‍न चाहन्थे। त्यसैले तिनले परमेश्‍वरलाई भने: “मलाई तपाईँको मार्ग देखाउनुहोस्‌ र मैले तपाईँलाई चिन्‍न सकूँ।” (प्रस्थान ३३:१३) त्यसैले यहोवाले मोसालाई आफू कस्तो परमेश्‍वर हुँ भनेर बताउनुभयो। प्रस्थान ३४:४-६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवाले मोसालाई आफ्ना कस्ता गुणहरूबारे बताउनुभयो?

  • यहोवाको कुन गुण तपाईँलाई सबैभन्दा धेरै मन पऱ्‍यो?

६. यहोवा मानिसहरूको ख्याल राख्नुहुन्छ

एक जना स्त्री प्रार्थना गर्दै छिन्‌।

प्राचीन समयका हिब्रू जातिका मानिसहरू परमेश्‍वरका सेवक थिए अनि तिनीहरू मिश्रको दासत्वमा परेका थिए। तिनीहरूले दुःख पाएको देख्दा यहोवालाई कस्तो लाग्यो? अडियो सुन्‍नुहोस्‌ अनि बाइबलमा सँगसँगै हेर्नुहोस्‌ वा प्रस्थान ३:१-१० पढ्‌नुहोस्‌। त्यसपछि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

अडियो: यहोवाले तिनीहरूको दुःख देख्नुभयो (२:४५)

  • यस विवरणअनुसार मानिसहरूले दुःख भोग्दा यहोवालाई कस्तो लाग्छ?—पद ७ र ८ हेर्नुहोस्‌।

  • के तपाईँलाई यहोवा मानिसहरूलाई साँच्चै मदत गर्न चाहनुहुन्छ अनि त्यसो गर्न सक्नुहुन्छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

७. सृष्टिमा यहोवाका गुणहरू देखिन्छ

चित्रहरूको सँगालो: एउटा ह्वेल र त्यसको बच्चा, फुलहरू र हमिङबर्ड।

यहोवा सृष्टिमार्फत आफ्ना गुणहरू प्रकट गर्नुहुन्छ। भिडियो हेर्नुहोस्‌। त्यसपछि रोमी १:२० पढ्‌नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ—मानव शरीर (१:५७)

  • यहोवाले बनाउनुभएका कुराहरूमा तपाईँ उहाँको कुन-कुन गुण देख्नुहुन्छ?

कोही-कोही भन्छन्‌: “परमेश्‍वर एउटा शक्‍ति मात्र हो अनि उहाँ सबै ठाउँमा हुनुहुन्छ।”

  • तपाईँलाई कस्तो लाग्छ?

  • तपाईँलाई किन त्यस्तो लाग्छ?

सारांश

यहोवा अदृश्‍य परमेश्‍वर हुनुहुन्छ। उहाँका मनमोहक गुणहरू धेरै छन्‌, जसमध्ये प्रमुख गुण प्रेम हो।

तपाईँले के सिक्नुभयो?

  • हामी यहोवालाई किन देख्न सक्दैनौँ?

  • पवित्र शक्‍ति के हो?

  • यहोवाका केही गुण के-के हुन्‌?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

यहोवाका चार प्रमुख गुणबारे सिकेर उहाँलाई अझ राम्ररी चिन्‍नुहोस्‌।

“साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?” (प्रहरीधरहरा सङ्‌ख्या १ २०१९)

यहोवा सबै थोकमा बास गर्नुहुन्‍न भन्‍ने कुराको प्रमाण केलाउनुहोस्‌।

“के परमेश्‍वर सबै ठाउँमा हुनुहुन्छ —सर्वव्यापी हुनुहुन्छ?” (jw.org को लेख)

बाइबलमा किन पवित्र शक्‍तिलाई परमेश्‍वरको हात भनिएको छ, बुझ्नुहोस्‌।

“पवित्र शक्‍ति के हो?” (jw.org को लेख)

एक जना मानिस साँझ समुद्रको किनारामा उभिएर आकाशतिर हेर्दै छन्‌।

एक जना दृष्टिविहीन व्यक्‍तिलाई परमेश्‍वरले तिनको वास्ता गर्नुहुन्‍न जस्तो लाग्थ्यो। पछि तिनको सोचाइ कसरी परिवर्तन भयो, बुझ्नुहोस्‌।

“अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ” (प्रहरीधरहरा, अक्टोबर १, २०१५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने