प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००४ | मार्च १५
    • निम्न घटना घट्‌दा मोशा आफ्नी पत्नी सिप्पोरा अनि आफ्ना छोराहरू गेर्शोम र एलीएजेरसित मिश्रतिर जाँदै थिए: “बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले [“तिनलाई,” NW] भेट्‌नुभयो, र मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले एउटा चकमके ढुङ्‌गा लिएर आफ्नो छोराको खलड़ी च्वाट्टै काटेर [“उहाँको,” NW] खुट्टामा छुवाएर अघाड़ि राखिदिइन्‌। औ तिनले भनिन्‌, ‘यस खतनाको कारणले तपाईं रगतको दुलहा हुनुहुन्छ।’ तब उहाँले तिनलाई छोड़िदिनुभयो। तब [“उनले,” NW] खतनाको कारणले गर्दा भनिन्‌, ‘तपाईं रगतको दुलहा हुनुहुन्छ।’ ” (प्रस्थान ४:२०, २४-२६) यो विवरण अस्पष्ट हुनुका साथै यसको अर्थ यही हो भनेर यकिन गर्न सम्भव नभए तापनि यी पदहरूबारे धर्मशास्त्रले केही स्पष्टीकरण भने दिन्छ।

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००४ | मार्च १५
    • सिप्पोराले प्रयोग गरेको “तपाईं रगतको दुलहा हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍ति अस्वाभाविक छ। यसले उनीबारे कुन कुरालाई सङ्‌केत गर्छ? खतनासम्बन्धी करारको आवश्‍यकतालाई पालन गरेर सिप्पोराले यहोवासितको करारको सम्बन्धलाई मानिलिइन्‌। पछि इस्राएलीहरूसित बाँधिएको व्यवस्थाको करारले, करारसम्बन्धमा यहोवालाई पति अनि अर्को पक्षलाई पत्नीको रूपमा लिन सकिन्छ भन्‍ने कुरा स्पष्ट पाऱ्‍यो। (यर्मिया ३१:३२) तसर्थ, यहोवालाई “रगतको दुलहा[को]” रूपमा सम्बोधन गर्दा सिप्पोराले, उक्‍त करारका सर्तहरूप्रतिको आफ्नो अधीनतालाई मानिलिएको देखिन्छ। खतनाको करारको सन्दर्भमा उनले यहोवालाई पति अनि आफूलाई पत्नीको स्थानमा राखेकी हुन सक्छिन्‌। जे होस्‌, परमेश्‍वरका आवश्‍यकताहरूप्रति आज्ञाकारिता देखाउँदै उनले चालेको यो निर्णायक कदमले उनको छोराको ज्यान जोगियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने