प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरका इस्राएल” र “ठूलो भीड़”
    प्रहरीधरहरा—१९९५ | जुलाई १
    • ८ विश्‍वासी छँदा इस्राएलले यहोवाको सार्वभौमिकता मानि लियो र उहाँलाई आफ्नो राजाको रूपमा स्वीकाऱ्‍यो। (यशैया ३३:२२) यसप्रकार इस्राएल एउटा राष्ट्र भयो। तर, पछि प्रकट गरिएअनुसार “राज्य[को]” प्रतिज्ञाले त्योभन्दा ठूलो अर्थ राख्ने थियो। यसबाहेक यहोवाको आज्ञा पालन गर्दा तिनीहरू शुद्ध र वरपरका अन्य राष्ट्रहरूबाट अलग हुन्थे। तिनीहरू पवित्र राष्ट्र थिए। (व्यवस्था ७:५, ६) त के तिनीहरूको राष्ट्र, पूजाहारीहरूको राज्य थियो? कुरा के हो भने, इस्राएलमा लेवीको कुललाई मन्दिरको सेवाका लागि अलग पारिएको थियो र कुलभित्र लेवी कुलको पूजाहारीगिरी हुन्थ्यो। मोशाको व्यवस्था स्थापित गरिंदा हरेक गैर-लेवी परिवारको ज्येष्ठ सन्तानको ठाउँमा लेवी पुरुषहरूलाई लिइयो।a (प्रस्थान २२:२९; गन्ती ३:११-१६, ४०-५१) यसप्रकार प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, मन्दिरको सेवामा इस्राएलको प्रत्येक परिवारको प्रतिनिधित्व हुन्थ्यो। यस हदसम्म मात्र तिनीहरू पूजाहारीगिरीको राज्य हुन सके। यद्यपि, तिनीहरूले राष्ट्रहरूसमक्ष यहोवाको प्रतिनिधित्व गर्थे। साँचो परमेश्‍वरको उपासना गर्न चाहने जुनसुकै विदेशीले इस्राएलदेखि अलग बसेर उपासना गर्नसक्दैन थियो।—२ इतिहास ६:३२, ३३; यशैया ६०:१०.

  • “परमेश्‍वरका इस्राएल” र “ठूलो भीड़”
    प्रहरीधरहरा—१९९५ | जुलाई १
    • a इस्राएलको पूजाहारीगिरी स्थापित हुँदा इस्राएलका गैर-लेवी कुलका ज्येष्ठ पुत्र र लेवी कुलका पुरुषहरूको गन्ती लिइएको थियो। गन्ती गर्दा लेवी पुरुषहरूभन्दा ज्येष्ठ पुत्रहरू २७३ जना बढी पाइयो। तसर्थ, यहोवाले प्रतिव्यक्‍ति पाँच शेकेलको दरमा बढ्‌ता भएका यी २७३ मानिसहरूको छुटकाराको मोल चुकाउने आज्ञा दिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने