प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अहंकारले अपमान ल्याउँछ
    प्रहरीधरहरा—२००० | अगस्त १
    • कोरह—ईर्ष्यालु विद्रोही

      ४. (क) कोरह को थिए र तिनी कुनचाहिं ऐतिहासिक घटनाका सहभागी थिए? (ख) उमेर ढल्केपछि कोरहले मानिसहरूलाई कस्तो अपमानजनक कार्य गर्न उक्साए?

      ४ कोरह कहाती खलकका लेवी थिए र मोशा र हारूनका काकाका छोरा थिए। तिनले दशकौंसम्म वफादार भई यहोवाको सेवा गरेको हुनुपर्छ। लाल समुद्रमा चमत्कारी ढंगले छुट्‌कारा पाउनेहरूमध्ये कोरह पनि थिए र सीनै पर्वतमा बाछोको उपासना गर्नेहरूलाई यहोवाले भन्‍नुभएबमोजिम दण्ड दिनेहरूमध्ये तिनी पनि हुनुपर्छ। (प्रस्थान ३२:२६) तथापि, अन्तत: कोरह, मोशा र हारूनको विरोध गर्नेहरूको नाइके भए र तिनको विद्रोही समूहमा रूबेन खलकका दातान, अबीराम र ओनका अतिरिक्‍त इस्राएलका २५० जना मुखियाहरू थिए।a तिनीहरूले मोशा र हारूनलाई यसो भने: “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ। तपाईंहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ?”—गन्ती १६:१-३, नयाँ संशोधित संस्करण।

  • अहंकारले अपमान ल्याउँछ
    प्रहरीधरहरा—२००० | अगस्त १
    • a रूबेन याकूबका जेठा छोरा थिए। तर तिनीहरूमाथि लेवी कुलका मोशाले अख्तियार चलाइरहेको हुनाले यी रूबेन खलककाहरू रुष्ट भएर कोरहसँग लागेका हुनसक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने