प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ”
    प्रहरीधरहरा—२०१४ | जुलाई १५
    • ४. पावल कुन कुरामा विश्‍वस्त थिए र तिमोथीलाई पत्र लेख्दा तिनले प्रयोग गरेका शब्दहरूबाट तिनी विश्‍वस्त भएको कुरा कसरी देखिन्छ?

      ४ उपासना गरेको ढोंग गर्नेहरूलाई मात्र होइन, आज्ञाकारी मानिसहरूलाई पनि यहोवा राम्ररी चिन्‍नुहुन्छ भन्‍ने कुरामा पावल विश्‍वस्त थिए। तिनले तिमोथीलाई पत्र लेख्दा प्रयोग गरेका शब्दहरूबाट तिनी कत्ति विश्‍वस्त थिए भन्‍ने कुरा छर्लङ्‌ग हुन्छ। धर्मत्यागीहरूको कारण मण्डलीका केही सदस्यले बेहोर्नुपरेको आध्यात्मिक हानिबारे बताएपछि पावलले यस्तो लेखे, “यी सबका बाबजुद परमेश्‍वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: ‘आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ,’ अनि ‘यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।’”—२तिमो. २:१८,१९.

  • “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ”
    प्रहरीधरहरा—२०१४ | जुलाई १५
    • ६ गन्ती १६:५ मा मोशाले कोरह र उनका समर्थकलाई भनेको कुरा पावलले उल्लेख गरे र “परमेश्‍वरको बलियो जग”-बारे पनि बताए। तिमोथीलाई प्रोत्साहन दिन अनि विद्रोह गर्नेहरूलाई यहोवा चिन्‍नुहुन्छ र सजाय दिनुहुन्छ भनेर सम्झाउन पावलले मोशाको समयमा भएको घटनाबारे उल्लेख गरे। शताब्दिऔंअघि कोरहले यहोवाको उद्देश्‍यलाई विफल पार्न नसकेझैं मण्डलीका धर्मत्यागीहरूले पनि यहोवाको उद्देश्‍यलाई कुनै हालतमा विफल पार्न सक्ने थिएनन्‌। हुन त “परमेश्‍वरको बलियो जग”-ले केलाई बुझाउँछ भनेर पावलले विस्तृत जानकारी दिएका छैनन्‌। तैपनि तिनले प्रयोग गरेका शब्दहरूले गर्दा तिमोथी यहोवामा पूर्ण भरोसा राख्न पक्कै उत्प्रेरित भए।

  • “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ”
    प्रहरीधरहरा—२०१४ | जुलाई १५
    • ८, ९. पावलको उदाहरणको ‘कुँदिएको वचन’-बाट हामी के सिक्छौं?

      ८ दोस्रो तिमोथी २:१९ मा पावलले चर्चा गरेको जगमा वचन कुँदिएको छ। पुरातन समयमा भवनको जगमा कुनै कुरा कुँद्‌नु सामान्य थियो। भवन कसले बनायो वा कसको हो भनेर कुँदिएको हुन्थ्यो। यस्तो उदाहरण चलाउने पहिलो बाइबल लेखक पावल हुन्‌।a “परमेश्‍वरको बलियो जग”-मा दुइटा वचन कुँदिएको छ। पहिलो, “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ।” दोस्रो, “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।” यसले हामीलाई गन्ती १६:५ मा लेखिएको कुरा सम्झाउँछ।—पढ्‌नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने