-
वफादार भई ईश्वरीय अख्तियारको अधीनमा बस्नुहोस्प्रहरीधरहरा—२००२ | अगस्त १
-
-
१३. (क) ती विद्रोहीहरूले यहोवासामु धूप बाल्नु किन अहंकारी व्यवहार थियो? (ख) यहोवाले ती विद्रोहीहरूलाई के गर्नुभयो?
१३ परमेश्वरको व्यवस्थाअनुसार पूजाहारीले मात्र धूप बाल्न सक्थे। गैरपूजाहारी लेवीको यहोवासामु धूप बाल्ने विचारले मात्र पनि ती विद्रोहीहरूको होस फर्काउनुपर्ने थियो। (प्रस्थान ३०:७; गन्ती ४:१६) तर कोरह तथा तिनका समर्थकहरूको होस फर्केन! भोलिपल्ट तिनले “सारा समुदायलाई [मोशा र हारूनका] विरुद्धमा भेट हुने पालको ढोकामा जम्मा गरे।” विवरण हामीलाई यसो भन्छ: “यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्म पार्नेछु।” तर मोशा र हारूनले ती मानिसहरूको ज्यानको खातिर बिन्ती गरे। यहोवाले तिनीहरूको बिन्ती सुन्नुभयो। कोरह र तिनका मानिसहरूलाई चाहिं “परमप्रभुकहाँबाट आगो निस्केर धूप चढ़ाउने ती दुइ सय पचास जनालाई भस्म पाऱ्यो।”—गन्ती १६:१९-२२, ३५.c
-
-
वफादार भई ईश्वरीय अख्तियारको अधीनमा बस्नुहोस्प्रहरीधरहरा—२००२ | अगस्त १
-
-
c कुलपिताहरूको समयमा प्रत्येक परिवारको शिरले परमेश्वरसामु आफ्नी पत्नी र छोराछोरीको प्रतिनिधित्व गर्थ्यो र तिनले तिनीहरूको खातिर बलिहरू चढाउँथे। (उत्पत्ति ८:२०; ४६:१; अय्यूब १:५) तथापि, व्यवस्था स्थापना गरिएपछि यहोवाले हारूनको परिवारका पुरुष सदस्यहरूलाई पूजाहारीको रूपमा नियुक्त गर्नुभयो र तिनीहरूमार्फत बलिहरू चढाउनुपर्थ्यो। ती २५० जना विद्रोही यस परिवर्तनअनुसार चल्न तयार थिएनन् भन्ने कुरा स्पष्ट छ।
-