प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००० | अक्टोबर १५
    • हाम्रो प्राणदाता यहोवाले रगत नखानू भन्‍ने आदेश दिनुभएको थियो। (उत्पत्ति ९:३, ४) प्राचीन इस्राएलको व्यवस्थामा परमेश्‍वरले रगतको प्रयोगमाथि रोक लगाउनुभयो किनभने त्यसले जीवनको प्रतिनिधित्व गर्छ। उहाँले यस्तो आज्ञा दिनुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्‍चित गर्नलाई दिएको छु।” अनि कुनै मानिसले भोजनको लागि जनावर माऱ्‍यो भने नि? परमेश्‍वरले भन्‍नुभयो: “त्यसले त्यसको सबै रगत निथारेर धूलोले पूरिदेओस्‌।”a (लेवी १७:११, १३) यहोवाले यो आज्ञा बारम्बार दोहऱ्‍याउनुभयो। (व्यवस्था १२:१६, २४; १५:२३) यहूदी सन्सीनो क्युमाश यस्तो उल्लेख गर्छ: “रगत पछि प्रयोग गर्ने हेतुले सञ्चय गरेर राख्नु हुँदैन तर प्रयोग गर्न अयोग्य ठानेर जमिनमा खन्याइदिनु पर्छ।” हर जीवधारी परमेश्‍वरकै भएको हुनाले कुनै पनि इस्राएलीले अरू जीवधारीको रगत विशेष कामको लागि सञ्चय गर्नुका साथै प्रयोग गर्नु हुँदैनथ्यो।

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००० | अक्टोबर १५
    • कहिलेकाहीं, डाक्टरले शल्यक्रिया गर्नुभन्दा एक हप्ताअगाडि आवश्‍यकता परेमा बिरामीको आफ्नै रगत क्षेपण गर्न सकियोस्‌ भनेर बिरामीलाई तिनको रगत जम्मा गर्न (प्रिअपरेटिभ अटोलोगोस ब्लड डोनेशन, अथवा पि ए डि) आग्रह गर्नसक्छ। तथापि, त्यसरी रगत सञ्चय गर्नु अनि क्षेपण गर्नु लेवी र व्यवस्थामा भनिएका कुराहरूको ठीक विपरीत हो। रगत जम्मा गर्नु हुँदैन बरु जमिनमा खन्याइदिनु अर्थात्‌ परमेश्‍वरलाई फिर्ता दिइनुपर्छ। हो, मोशाको व्यवस्था अहिले क्रियाशील छैन। तैपनि, यहोवाका साक्षीहरू परमेश्‍वरले यसमा समावेश गर्नुभएका सिद्धान्तहरूको आदर गर्छन्‌ अनि ‘रगतबाट अलग रहने’ अठोट गरेका छन्‌। अतः हामी रक्‍तदान गर्दैनौं न त ‘खन्याइनु पर्ने’ रगत नै क्षेपण गर्छौं। यो कार्य परमेश्‍वरको व्यवस्थासित मेल खाँदैन।

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००० | अक्टोबर १५
    • a प्रोफेसर फ्रांक एच. गोर्मन यस्तो लेख्छन्‌: “रगत खन्याउनु भनेको त्यस जनावरको जीवनको आदर गर्नु हो भनेर बुझिन्छ भने त्यसो गर्दा त्यस जीवको सृष्टिकर्ता अनि रखवाला परमेश्‍वरको आदर हुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने