-
“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
१६-१८. (क) रूथले कसरी वफादार प्रेम देखाइन्? (ख) रूथले देखाएको वफादार प्रेमबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (पृष्ठ ३६-३७ को चित्र पनि हेर्नुहोस्)
१६ त्यो एकान्त बाटोमा रूथ नाओमीको अनुहार पुलुक्क हेर्छिन्। तिनको हेराइमा नाओमीलाई नछोड्ने दृढता देखिन्छ। नाओमीप्रति र नाओमीका परमेश्वरप्रति तिनको प्रेम हिउँचुली जत्तिकै चुलिएको छ। त्यसैले रूथ यसो भन्छिन्: “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीं नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीं मर्नेछु, र त्यहीं नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले हामीलाई अलग गर्नेछैन भनी परमप्रभु तपाईंका परमेश्वरको सामने म यो गम्भीर शपथ खाएर भन्छु।”—रूथ १:१६, १७.
“तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, . . . तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्”
१७ रूथले भनेका कुराहरू उल्लेखनीय छन्। अहिले ३,००० वर्ष बितिसकेपछि पनि थुप्रै मानिसहरू तिनका शब्दहरूलाई औधी मन पराउँछन्। तिनका शब्दहरूमा वफादार प्रेमको उत्कृष्ट नमुना देखिन्छ। रूथले नाओमीलाई गर्ने प्रेम असाध्यै गहिरो थियो र वफादार पनि। त्यसैले त नाओमी जताजता जान्थिन्, रूथ पनि त्यतैत्यतै जान तयार थिइन्। मृत्युबाहेक अरू केले तिनीहरूलाई छुटाउन सक्थ्यो र! नाओमीका मानिसहरू तिनका आफ्नै मानिसहरू हुने थिए। मोआबमा भएका सबै कुरा त्याग्न रूथ तयार थिइन्—त्यहाँका देवीदेवतासमेत। रूथको विचार ओर्पाको भन्दा फरक थियो। नाओमीका परमेश्वरलाई आफ्नै परमेश्वर बनाउन तिनी मनदेखि नै राजी भइन्।
-
-
“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
a रूथको लागि यो व्यवस्था विशेष खालको थियो। किनभने आफ्नो घर मोआबमा छँदा तिनले यस्तो कुरा थाह पाएकी थिइनन्। पुरातन समयमा मध्यपूर्वमा विधवाहरूलाई नराम्रो व्यवहार गरिन्थ्यो। एउटा किताब यसो भन्छ: “आफ्नो श्रीमान्को मृत्यु भएपछि श्रीमती आफ्नो छोरामा भर पर्नुपर्थ्यो। छोरा छैनन् भने कि त तिनले आफूलाई दासको रूपमा बेच्नुपर्थ्यो कि वेश्यावृत्तिमा लाग्नुपर्थ्यो वा आत्महत्या गर्नुपर्थ्यो।”
-