-
“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
१८ यी दुई विधवा अझै हिंडिरहेका छन्; बेतलेहेम पुग्न कोसौं यात्रा गर्न बाँकी नै छ। एउटा अनुमानअनुसार यो यात्रा पूरा गर्न तिनीहरूलाई लगभग एक हप्ता लागेको हुनुपर्छ। एकअर्काको मनको घाउमा मलहम लगाउँदै तिनीहरूले आफ्नो दुःख भुल्न खोजे होलान्।
-
-
“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
२१ अन्ततः यी दुई स्त्री यरूशलेमबाट लगभग १० किलोमिटर दक्षिणतिर पर्ने बेतलेहेममा पुग्छन्। कुनै समय नाओमी र तिनको परिवार त्यस इलाकाका हुनेखानेहरूमै गनिन्थे र तिनीहरूलाई सबैले चिन्थेजस्तो देखिन्छ। किनभने नाओमी फर्केको खबर तुरुन्तै फैलिन्छ। उनलाई देख्ने आइमाईहरू यसो भन्न थाल्छन्: “के यिनी नाओमी नै हुन्?” मोआबमा बसेको बेला नाओमीको जीवनमा थुप्रै उथलपुथल भएको देखिन्छ। उनको रूपरङ्गमा वर्षौंदेखि उनले भोगेको कष्ट झल्किन्छ।—रूथ १:१९.
-