प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | नोभेम्बर
    • ९. नाओमीले यहोवा आफूविरुद्ध खडा हुनुभएको छ भनेर किन भनिन्‌?

      ९ रुथको किताबमा नाओमी र तिनकी बुहारी रुथको बारेमा लेखिएको छ। साथै हामी यस किताबमा परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति बोअजको बारेमा पनि पढ्‌न सक्छौँ, जो नाओमीको पतिका नातेदार थिए। इस्राएलमा अनिकाल छाएकोले नाओमी, तिनको पति र दुई छोरा मोआबमा बसाइँ सरेका थिए। तर त्यहाँ तिनको पतिको मृत्यु भयो। पछि तिनका दुवै छोराले त्यहाँ विवाह गरे तर दुःखको कुरा, तिनीहरूको पनि मृत्यु भयो। (रुथ १:३-५; २:१) यसले गर्दा नाओमी साह्रै दुःखी भइन्‌ र तिनले यहोवा आफूविरुद्ध खडा हुनुभएको छ समेत भनिन्‌। आफूले महसुस गरेको कुरा तिनले यसरी पोखिन्‌: “यहोवा परमेश्‍वरको हात मविरुद्ध उठेको छ।” “सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मेरो जीवन दुःखै दुःखले भरिदिनुभएको छ।” तिनले यस्तो समेत भनिन्‌: “यहोवा परमेश्‍वर मविरुद्ध खडा हुनुभएको छ; सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नै ममाथि यत्रो विपत्ति आइपर्न दिनुभएको छ।”—रुथ १:१३, २०, २१.

      १०. नाओमीले भनेका कुराहरूप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

      १० नाओमीले भनेका कुराहरूप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले नाओमीलाई त्याग्नुभएन, बरु तिनलाई समानुभूति देखाउनुभयो। “थिचोमिचोमा परेपछि बुद्धिमान्‌ मानिसले मूर्ख काम गर्छ” भनेर यहोवालाई थाह छ। (उप. ७:७) नाओमीलाई पनि यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर बुझ्न मदत चाहिएको थियो। यहोवाले तिनलाई कसरी मदत गर्नुभयो? (१ समु. २:८) उहाँले नाओमीलाई अटल प्रेम देखाउन रुथलाई उत्प्रेरित गर्नुभयो। रुथले आफ्नी सासूलाई आध्यात्मिक र भावनात्मक रूपमा फेरि बलियो हुन स्वेच्छाले र दयालु भई मदत दिइन्‌। रुथको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

  • एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | नोभेम्बर
    • १८. नाओमीको कुन कुराले रुथको चित्त दुखेको हुन सक्छ?

      १८ आफ्नो चित्त नदुखाउनुहोस्‌। नाओमी र रुथ बेतलेहेम आइपुगेपछि नाओमीले पहिलेका छिमेकीहरूलाई भेटिन्‌। तिनले उनीहरूलाई भनिन्‌: “यहाँबाट जाँदा मसँग सब थोक थियो तर अहिले यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ।” (रुथ १:२१) नाओमीका यी शब्दहरू सुन्दा रुथलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त! तिनलाई मदत गर्न रुथले सक्दो गरिन्‌। नाओमी रुँदा रुथ तिनीसँगै रोइन्‌, तिनलाई ढाडस दिइन्‌ र लामो यात्रामा तिनलाई साथ दिइन्‌। तर यी सबको बाबजुद नाओमीले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ।” नाओमीका यी शब्दहरू विचार गर्दा तिनले रुथले दिएको साथ बिर्सिन्‌ जस्तो देखिन्छ। नाओमीको छेउमै उभिरहेकी रुथको कत्ति चित्त दुख्यो होला! तैपनि उनले नाओमीलाई साथ दिन छोडिनन्‌।

      १९. निराश भएको व्यक्‍तिलाई साथ दिइरहन हामीलाई केले मदत गर्छ?

      १९ हाम्रो लागि पाठ: निराश भएकी कुनै बहिनीलाई मदत गर्न हामीले सक्दो गरिरहेका छौँ होला। तैपनि कहिलेकाहीँ तिनले घोच्ने बोली बोल्न सक्छिन्‌। तर हामी आफ्नो चित्त दुखाउँदैनौँ। बरु तिनलाई साथ दिइरहन्छौँ र तिनलाई सान्त्वना दिने तरिकाहरू भेट्टाउन सकूँ भनेर यहोवालाई प्रार्थना गर्छौँ।—हितो. १७:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने