प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १२ ऊ रिसले पड्‌कियो। सुरुको अनुच्छेदमा अबीगेलकहाँ सन्देश ल्याउने गोठालोले बताएअनुसार नाबालले ‘उनीहरूलाई हकाऱ्‍यो।’ उसले ती सिपाहीहरूलाई खानेकुरा, पानी अनि मासु दिन ठाडै इन्कार गऱ्‍यो। उसले दाऊदलाई मान्छे नै गनेन र हुनसम्मको बेइज्जत गऱ्‍यो। उसले दाऊदलाई भगुवा नोकर भन्यो। सायद नाबाल र शाऊलको सोच उस्तै थियो। किनभने शाऊल पनि दाऊदलाई देखिसहँदैनथे। यी दुवैले यहोवाको दृष्टिकोणलाई लत्याए। यहोवा दाऊदलाई माया गर्नुहुन्थ्यो अनि उनलाई विद्रोही दास होइन तर इस्राएलको भावी राजाको रूपमा हेर्नुहुन्थ्यो।—१ शमू. २५:१०, ११, १४.

  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १४. (क) नाबालको गल्ती सच्याउन अबीगेलले सर्वप्रथम कस्तो कदम चालिन्‌? (ख) नाबाल र अबीगेलबीचको भिन्‍नताबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

      १४ यस्तो परिस्थितिलाई सुधार्न अबीगेल पहिलो कदम चाल्छिन्‌ भनेर त हामीले सुरुको विवरणबाट थाह पाइसक्यौं। तिनी गोठालाको कुरा ध्यान दिएर सुन्छिन्‌, नाबालले जस्तो गर्दिनन्‌। नाबालको विषयमा कुरा गर्दा ती जवानले अबीगेललाई यसो भन्यो: “तिनी यस्ता व्यर्थका मानिस छन्‌ कि तिनीसँग ता कुरै गर्नु पनि फायदा छैन।” (१ शमू. २५:१७) नाबाल यत्ति घमन्डी थियो कि ऊ अरूको कुरा सुन्‍नै चाहँदैनथ्यो। यस्तो मनोवृत्ति अहिले पनि छ्यासछ्यासती छ। तर अबीगेल त्यस्ती थिइनन्‌ भनेर ती जवान गोठालालाई थाह थियो। त्यसैले त ऊ मदतको लागि अबीगेलकहाँ गएको थियो।

      अबीगेल गोठालाको कुरा ध्यान दिएर सुन्छिन्‌, नाबालले जस्तो गर्दिनन्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने