प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १५, १६. (क) यहोवासामु आफ्नो मनको बह पोखिसकेपछि र बासस्थानमा उहाँको उपासना गरिसकेपछि हन्‍नामा कस्तो परिवर्तन आयो? (ख) नकारात्मक भावनाले सताइरहेको बेला हामी कसरी हन्‍नाको उदाहरण पछ्याउन सक्छौं?

      १५ यहोवालाई आफ्नो मनको बह पोखाएपछि र बासस्थानमा उहाँको उपासना गरेपछि हन्‍नामा कस्तो परिवर्तन आयो? विवरण भन्छ: “त्यसपछि तिनी गइहालिन्‌ र केही खानेकुरो खाइन्‌, औ तिनी फेरि उदास भइनन्‌।” (१ शमू. १:१८) हन्‍नाले राहत पाएको महसुस गरिन्‌। आफूले बोकिरहेको भारी तिनले स्वर्गका बुबा यहोवामा बिसाइन्‌। (भजन ५५:२२ पढ्‌नुहोस्‌) उहाँको लागि के कुनै समस्या बोकिनसक्नुको छ र? अहँ छैन! न पहिले थियो, न अहिले छ, न भविष्यमा नै हुनेछ!

      १६ निराशा र भारले थिचिएको बेला हन्‍नाको उदाहरण अनुकरण गर्दै परमेश्‍वरलाई पुकार्नु कत्ति उत्तम! बाइबलमा उहाँलाई “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर भनिएको छ। (भज. ६५:२) यहोवाले प्रार्थना सुन्‍नुहुन्छ भनेर विश्‍वास गर्दै पुकाऱ्‍यौं भने ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्‍वरको शान्तिले’ हाम्रो दुःखलाई हटाउनेछ।—फिलि. ४:६, ७.

  • तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १८ आफूले जत्ति दुःख दिए पनि हन्‍नालाई अब कुनै असर पर्नेवाला छैन भनेर पनिन्‍नाले कहिले महसुस गरी? बाइबलले त्यसबारे केही बताएको छैन। तर हन्‍ना “फेरि उदास भइनन्‌” भनेर लेखिएकोले त्यसपछि हन्‍ना निराश हुन छोडिन्‌ भनेर हामी बुझ्न सक्छौं। जेहोस्‌, हन्‍नालाई सताउन जे गरे पनि केही सीप नलाग्ने भयो भनेर पनिन्‍नाले चाँडै थाह पाई। त्यसपछि बाइबलमा फेरि कतै पनि पनिन्‍नाको नाम उल्लेख गरिएको छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने