-
तिनले प्रार्थनामा परमेश्वरलाई मनको बह पोखाइन्तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
९. सौताले सताउनेछे भन्ने कुरा थाह भए तापनि यहोवाको उपासना गर्न हन्ना शीलो जान तयार भएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
९ एकाबिहानै कल्याङमल्याङ सुनिन्छ। साना केटाकेटीलगायत सबै जना यात्राको तयारी गर्दैछन्। शिलोसम्म पुग्न यो ठूलो परिवारले एप्रैमको डाँडाकाँडा पार गर्दै ३० किलोमिटरभन्दा लामो बाटो यात्रा गर्नुपर्ने थियो।b पैदल यात्रा गर्दा एक-दुई दिन लाग्थ्यो। सौताले निकै सताउनेछे भनेर हन्नालाई थाह थियो। तैपनि हन्ना गइन्। यसरी हन्नाले आज हाम्रो लागि उत्कृष्ट उदाहरण बसालिन्। कसैले हामीसित नराम्रो व्यवहार गऱ्यो भन्दैमा सभा-सम्मेलन र प्रचारजस्ता आध्यात्मिक गतिविधिमा भाग नलिनु बुद्धिमानी कुरा हो र? त्यस्तो परिस्थिति सहन बल पाउने एक मात्र तरिका आध्यात्मिक गतिविधिमा भाग लिनु नै हो!
-
-
तिनले प्रार्थनामा परमेश्वरलाई मनको बह पोखाइन्तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
b एल्कानाको गृहनगर रामा र पछि येशूको समयमा अरिमथिया भनेर चिनिएको ठाउँ एउटै हुनुपर्छ भन्ने कुराको आधारमा यो दूरी हिसाब गरिएको हो।
-